मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

काठमाडौँ विश्वविद्यालयले म’हामा’रीका बेला शुल्क तिर्न भने पछी,,, ने वि संघको वि’रोध,,,हेर्नुहोस्।

1 min read

आशिष ढकाल,
को’रोना महा’मारीको प्रकोपले सारा शैक्षिक जगत नै सं’कटबाट गुज्रिरहेको अवस्थामा, आन्तरिक मुल्याङ्कनद्वारा परिक्षाफल प्रकाशन गरी आफ्ना शैक्षिक कृयाकलापहरु अन्लाइन मार्फत सुचारु राखेर एउटा अब्बल र उदाहरणिय भूमिका खेलेको काठमाडौं विश्वविध्यालयले, शिक्षा मन्त्रालयको कुनैपनी बा’हानामा विद्यार्थीहरु संग शुल्क उठाउन नपाउने भन्ने निर्देशन वि’परित विद्यार्थीहरु संग शुल्क उठाउन द’वाब दिएको पाइएको छ।

विश्वविध्यालयको स्कुल अफ साइन्स र स्कुल अफ ईन्जिनियरिङका डिन द्वय कन्हैय झा र डम्बर नेपालीले ह’स्ताक्षर गरेर विद्यार्थीहरुलाई १५ दिने म्याद दिदै, यही भाद्र १५ गते भित्र भुक्तानी गर्नुपर्ने भन्दै निर्देशन गरेका छन।उक्त सुचना प्रकाशित हुनासाथ नेपाल विद्यार्थी संघ, काठमाडौं विश्वविध्यालयको अग्रसरतामा विभिन्न ५ विद्यार्थी संगठनले विश्वविध्यालय प्रशासनलाई दवा’ब दिन चरणब’द्ध आ’न्दोलनका कार्यक्रम गर्दै आएका छन।

सं’कटको घडीमा विद्यार्थीमा परेको मान’सिक त’नाब र आर्थिक भार कसरी कम गराउने भन्ने तर्फ ध्यान दिदै एउटा अभिभावकको भूमिका निर्भाह गर्नु पर्ने विश्वविध्यालयको तर्फबाट यस किसिमको त्रु’टीपूर्ण र दवाबमुलक सुचना आउनु एकदमै निन्द’निय रहेको भन्दै नेपाल विद्यार्थी संघ काठमाडौं विश्वविध्यलयका अध्यक्ष, उज्वल प्रधानले आ’न्दोलन विद्यार्थीको जित पछी मात्रै अन्त्य हुने भन्दै, कुनै पनि किसिम को द’वाब नलिन सम्पूर्ण विद्यार्थीहरु समक्ष आव्हान गरेका छन। उनले विद्यार्थीहरुको लामो समय देखीको घरभाडा मिनाह गर्ने तिर पनि विश्वविध्यालयले ध्यान पुर्याइ, घरबेटीहरु संग विश्वविध्यालय स्तरबाटनै समन्वय सुरु गर्नु पर्ने तर्क राखे।

त्यस्तै नेपाल विद्यार्थी संघ, काठमाडौं विश्वविध्यालयका सचिव, आशिष ढकालले म’हामा’रीले देशभरीनै लकडाउन रहेको र कतिपय विद्यार्थीको बैंक सम्मपनी पहुंच नरेको अवस्थामा विश्वविध्यालयको सुचना अर्थहिन रहेको भन्दै विद्यार्थीको जितका निमित्त जुनसुकै किसिमको आ’न्दोलनमा उत्रिन नेपाल विद्यार्थी संघ तयार रहेको र विश्वविध्यालय प्रशासनलाई घुंडा टेकाएरै छोड्ने कुरामा विश्वस्त रहन सम्पूर्ण विद्यार्थीमा अनुरोध गरे।

नेपाल विद्यार्थी संघ,काठमाडौं विश्वविध्यालयका उपाध्यक्ष तथा विद्यार्थीका ढुकढुकीमा रहन सफल प्रभावशाली नेता, शिवासिश सिंघ स्वारले पनि विद्यार्थीहरुलाई कुनै पनि किसिमको मानसिक र आर्थिक द’वाब दिने अधिकार विश्वविध्यालय संग नभएको भन्दै, विश्वविध्यालय विरु’द्ध कानु’नी रुपमा अगाडि बड्न समेत आफु तयार रहेको चेतावनी दिए।

विद्यार्थीहरुको यस आ’न्दोलनमा ऐक्यवद्धता जनाउंदै प्राविधिक विद्यार्थी परिषदका केन्द्रिय अध्यक्ष, अमन भुषालले विद्यार्थीहरुको माग जायज र अत्यन्तै सान्दर्भिक रहेको जिकिर गर्दै, विद्यार्थीहरुको संघर्ष सफल बनाउन सबैकिसिमको सहयोग गर्न प्राविधिक विद्यार्थी परिषद तयार रहेको जानकारी दिए।

यस्तै यस्तै ताजा खबर समाचार र लेखहरु पढ्नको लागि मेचिमहाकाली डट नेट News लाई लाइक फलो गर्नुहोस्

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?