मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

करिश्मा भन्छिन् : “कुलमानलाई हटाउँनु हुँदैन”,,, तपाईं चाहिँ के भन्नुहुन्छ नी?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ मसान्तमा सकिँदैछ । चार वर्षअघि जनार्दन शर्मा ऊर्जामन्त्री भएका बेला घिसिङलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्ति गरिएको थियो ।

अहिले ऊर्जामन्त्री वर्षमान पुन छन् । अहिले नेकपाको सरकार छ । घिसिङलाई नियुक्ति नगर्ने, अर्कैलाई गर्ने भनेर सरकारले निर्णय गरेको पनि छैन । तर, सामाजिक सञ्जालमा व्यापक रूपमा घिसिङको ठाउँमा अर्कोलाई कार्यकारी निर्देशक नियुक्ति गर्न थालियो भन्दै ‘कुलमान घिसिङ चाहिन्छ’ भन्ने अभियान चलाइएको छ ।

घिसिङकै कारण दैनिक १८ घन्टासम्म हुने लोडसेडिङ घटेको आमजनताको बुझाई छ । त्यसैले फेरि पनि उनलाई नै नियुक्त गर्नुपर्ने आवाज उठिरहेका बेला नायिका करिश्मा मानन्धर पनि यो अभियानमा सामेल भएकी छन् ।

मंगलबार फेसबुकमा कुलमानसँगको तस्बिर राख्दै उनले लेखेकी छन्, ‘थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन्, कुलमान घिसिङ फेरि चाहिन्छ ।’ आफू र पति विनोश मानन्धरले कुलमानसँग खिचेको तस्बिर करिश्माले फेसबुकमा राखेकी छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?