मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पक्राउ गर्न अदालतले अनुमति दिएलगत्तै दुर्गा प्रसाईं फरार

काठमाडौं । झापा विर्तामोडको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । प्रसाईलाई अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएको हो । जिल्ला अदालत भक्तपुरले आज प्रसाईंलाई पक्राउ गर्न अनुमति दिए

लगत्तै उनी फरार छन् । २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति मागेको थियो । अनुमति पाए लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर प्रसाईं भने फरार रहेका छन् ।

जुम्लामा खस भाषामा पठनपाठन सुरु

जुम्ला । नेपाली खस भाषाको उदग्म थलो जुम्लामा खस भाषामा पठनपाठन सुरु गरिएको छ । यहाँको तातोपानी गाउँपालिकाले खस भाषामा पठनपाठन सुरु गरेको हो । यहाँका २५ विद्यालयमा स्थानीय खस भाषमा पाठ्यपुस्तक निर्माण गरी पठनपाठन सुरु भएको गाउँपालिकाले जनाएको छ । लोपोन्मुख खस भाषालाई जोगाउनका लागि गाउँपालिकाले पाठ्यपुस्तक तयार गरी विद्यालयमा पढाउने व्यवस्था गराएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।

गाउँपालिका भरीका २८ विद्यालय मध्ये २५ विद्यालयको १ देखि ३ कक्षामा शैक्षिक सत्र ०७५/०७६ मा अध्ययन अध्ययन सुरु गरिएको थियो । आगामी फागुन महिनादेखि सुरु हुने नयाँ शैक्षिक सत्र ०७६/०७७ मा ४ र ५ कक्षामा पनि पठनपाठन सुरु हुने तातोपानी गाउँपालिका शिक्षा शाखाका प्रमुख छायादत्त चौलागाईले बताए । आगामी नयाँ शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्मका ३ हजार ८ सय ५१ विद्यार्थीले खस भाषाको पाठ्यपुस्तक अध्ययन गर्ने छन् ।
स्थानीय खष भाषामा आधारित पाठ्यपुस्तकको अध्ययन हुने भएपछि पुरानो संस्कार र संस्कृतिको संरक्षण हुने अपेक्षा गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । कक्षा १ को स्थानीय पाठ्यपुस्तकमा प्राकृतिक स्थल, तातोपानी धारा, भण्डार वन, भुरीचुला, नदै डाव, बुदबुदी धाम, इमिल्च्या मन्दिर, सुन्दरगाउँ मष्टो मन्दिर, बाबिरा मष्टो मन्दिर, ठाकुर ज्यू मन्दिर, ऐतिहासिक गुरुफोक्टो, बानिया दियार, लछालकृतिक पैकेलो र दरबार जस्ता विषयबस्तु समेटिएको शिक्षा शाखा प्रमुख चौलागाईले बताए ।

त्यसैगरी २ र ३ कक्षाको पाठ्यपुस्तकमा पनि प्राकृतिक धार्मिक र ऐतिहासिक सम्पदा सहित कालीमार्सी धान, फापर, कागुनो, स्याउ, सिमिलगायत स्थानीय कृषिजन्य बाली पाठ्यपुस्तकमा समेटिएको छ । यार्सागुम्बा, घुच्चीच्याउ, भूल्तया, हात्तिजडा जस्ता जडीबुटी सम्बन्धि पाठ्यपुस्तकमा विषयबस्तु राखिएको गाउँपालिकाले जनाएको छ । पाठ्यपुस्तकमा समेटिएका ऐतिहासिक, पर्यटक, धार्मिक सम्पदा र रैथाने बालीको परिचय, महत्वलाई खस भाषाबाट झल्काइएको छ ।तातोपानी गाउँपालिकामा रहेका धार्मिक, पर्यटन, कृषि र जडीबुटी विषयलाई पाठ्यपुस्तकमा समावेश गरिएको उनको भनाई छ ।

तातोपानी गाउँपालिका वडा नम्बर ५ श्रीनगरस्थित कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक छायादत्त खत्रीका अनुसार गाउँपालिकाले स्थानीय खस भाषामा यहाँका पर्यटकीय तथा धार्मिक सम्पदा र स्थानीय रैथाने कृषिजन्य बस्तु समटिएको पाठ्यपुस्तकले बालबालिकालाई ज्ञान हासिल गर्ने मौका मिलेको बताए । यस्तै चन्दननाथ नगरपालिकाले समेत खस भाषामा पाठ्क्रम निर्माण सुरु गरेको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?