मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

डा. मुकुल ढकाल भन्नुहुन्छ : नेपाली जनताले गुणस्थरिय विजुली बाल्न विद्युत प्राधिकरणमा फेरी कुलमान चाहिन्छ…हेर्नुहोस् ।

1 min read

Mukul Dhakal, काठमाडौ। ढल्केवरको प्रसारण लाइन निर्माण हुनु नै लोडसेडिङ सदाका लागि हट्नुको कारण हो । यो लाइन कुलमान घिसिङभन्दा अगाडि नै शुरू भएको हो तर मेलम्ची जस्तै , बनिरहेको थिएन । जब कुलमान घिसिङ विद्युत प्राधिकरणमा MD भए तब उनले यसलाई उच्च प्राथमिकतामा राखेर समय अगावै यो आयोजना निर्माण सम्पन्न गरे , जुन लो’डसेडिङ हट्नुको मुख्य कारण बन्न पुग्यो ।

मेलम्ची बन्छ भनियो , बनेन । भैरहवा र पोखरामा अन्तराष्ट्रय एयरपोर्ट बनिन्छ भनियो तर बनेन । रेल बन्छ भनियो तर बनेन । नेपालमा के के बन्छ भनियो तर बनेनन् । ढल्केवरको प्रसारण लाइन पनि बन्छ भनिएको थियो तर त्यो बनाउन कुलमान घिसिङ नै आउनप¥र्यो । हो , यसरी नै कुलमान घिसिङले लोड’सेडिङ हटाए ।

उनले चमात्कार गरेका होइनन् , काम गरेका हुन् जुन नगरेर उज्यालोलाई अन्धकारको सट्टामा बेचिन्थ्यो यो देशमा । कुलमान आए र यो देशलाई नै उज्यालो बनाए । अझ धेरै गर्नु छ । एउटा व्यक्तिले ४ वर्षमा कति गर्न सक्छ । विद्युतको चो’रीलाई १५% मा झारे , विद्युत प्राधि’करणलाई नाफामा लगे । कुरै गर्ने हो भने त कालिकोटमा पनि राष्ट्रय प्रसारण लाइनको विजुलि पुगेको छैन।

खोइ पुगेको भनेर डिम्बहरू वि’रोध गरिराखेका छन् । एउटै व्यक्तिले ४ वर्षमा के के गर्न सक्छ र । हो अब , कालिकोटका गाउँहरूमा विजुली पुर्याउन , सहरका तारहरूलाई भूमि’गत गर्न , घरघरमा स्मार्ट मिटर जोड्न , भारत र बङ्गलादेशलाई विजुली बेच्न , ‘जनताको पानी , जनताको लगानी , जनताको आमदानी’ योजना लागू गर्न , अनि कहिलेकाहिँ केहि मिनटलाई विजुली जाने समस्या पनि पूर्णरूपमा हल गर्न , सारा नेपाली जनताले गुणस्थरिय विजुली बाल्न विद्युत प्राधिकरणमा फेरी कुलमान चाहिन्छ । कि त उर्जामन्त्री वा फेरी MD । We are with Kulman Ghising.

यो समाचार डा.मुकुल ढकालको फेसबुक वाल बाट लिइएको हो।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?