मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रधानमन्त्री केपी शर्मा ओलीको टेलिफोन वार्तालापको अडियो सार्बजनिक, फोन उठाउने व्यक्ति चकित (अडियो),,, हेर्नुहोस!

काठमाडौँ। नेपालका अधिकांश नेपाली युवाहरु बैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर छन । नेपाल कृषिप्रधान देश भनीएता पनि कृषिका उत्पादन खरिद मै वर्षेनी अर्बौ रुपैया देशबाट बाहिरिन्छ ।

देश मै केहि गर्नु पर्छ भन्ने युवाहरु पनि नभएको हैन । तर कत्तिले कृषि पेसा गरेको सुरुवात मै घाटा बेहोरे पछी चटक्कै छोडेर पुन: बैदेशिक रोजगारी वा अन्य पेसामा लागेको प्रसस्तै उदाहरणहरु छन । तर कति युवाहरु भने तन, मन र धन लगाएर दिन रात मेहेनत गरि आफ्नो पसिना आफ्नै माटोमा बगाएर सक्षम भएका उदाहरणहरु पनि छन्।

यस्तै उदाहरनिय युवाहरु मध्य एक हुन् गुल्मीका ३५ वर्षीय दिलिप भण्डारी । जसले नेपाल आर्मीको जागिर छोडेर ९३ लाख रुपैयाको जग्गा बेचेर आफ्नै कृषि पेसा सुरु गरे । उनले अन्य भन्दा फरक कृषि पेसा गर्दै आएका छन् । उनले बहुमुल्य बनस्पतिको खेति गरिरहेका छन् । उनले लगाएको जडिबुटीले अबको केहि वर्ष मै अर्बौ रुपैया कमाउने उनि बताउछन ।

उनै दिलिप भण्डारीको कृषि कर्मको भिडियो देखेर प्रधानमन्त्री केपी शर्मा ओली पनि आकर्षित भएका छन् । प्रधानमन्त्री यति आकर्षित भएकी उहाले दिलिपको अन्तर्वार्ता लिने पत्रकारलाई नै फोन सम्पर्क गरेर प्रोत्साहन दिनु भयो । पत्रकारले तपाई को बोल्नु भयो भनेर सोधेपछि मात्र प्रधानमन्त्री ओलीले आफ्नो परिचय दिनु भएको थियो।

फोन वार्तालापमा प्रधानमन्त्री ओलीले देश सम्रिद्दी बनाउनुको लागी कृषि पेसा नै मुख्य स्रोत रहेको बताउनु भएको छ । बेरोजगार भयौ भनेर विदेश जाने कुरा नै गलत भएको उहाले बताउनु भयो । उक्त फोन वार्तालाप हेर्नुहोस ।

यहि भिडियो अन्तर्वार्ता पछी प्रभावित हुनु भएको थियो प्रधानमन्त्री केपी शर्मा ओली:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?