मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

१० लाख शेयर अभियान! नेपाली जनताले साथ दिए, कुलमान घिसिङ पुनः नियुक्ति हुने पक्का। सक्दो धेरै शेयर गरौ !

                                                                         काठमाडौं।सामाजिक सन्जालमा घिसिङलाई अर्को कार्यकालका लागि पुनः नियुक्ति गर्नुपर्ने माग उठेको छ । भदौ १ गते भएको प्राधिकरणको ३५औं वार्षिकोत्सव कार्यक्रममा आधिकारिक ट्रेड युनियनले समेत घिसिङलाई अर्को कार्यकाल पनि काम गर्न दिन माग गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन प्रमुख अतिथि रहेको कार्यक्रममा भएको त्यो मागले घिसिङको पुनः नियुक्ति सम्बन्धी बहस सुरु गरेको थियो । नेपाल विद्युत् प्रधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले ४ वर्षमा घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति गरेकाले प्राधिकरणको ३६ औं वार्षिकोत्सव पनि यही टिमले मनाउन पाउनुपर्ने बताएका थिए । ‘हामी कर्मचारीलाई ४ वर्षअघि प्राधिकरणको ड्रेस लगाएर हिँड्न नसक्ने अवस्था थियो । अहिले म प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फुलाउने अवस्था छ ।
यो कुलमान घिसिङकै नेतृत्वमा सम्भव भएकाले सरकारले मूल्याङ्कन अवश्य नै गर्नेछ भन्ने अपेक्षा छ,’ उनले भनेका थिए । कार्यक्रममै सामुदायिक विद्युत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीले पनि १४ घण्टाको कहालीलाग्दो लोडसेडिङ अन्त्य गर्न सफल भएकाले प्राधिकरणको अहिलेको टिमलाई नै काम गर्न दिनुपर्ने बताएका थिए । घिसिङलाई दोहोर्याउन चौतर्फी माग भइरहे पनि दोस्रो कार्यकालका लागि उनी नियुक्त हुन्छन् भन्न सकिने अवस्था भने छैन । राम्रो काम गरेर सर्बत्र कमाएको प्रशंसा र मिडियाप्रेमी छवी नै पनि उनको लागि समस्या भएको प्राधिकरण स्रोत बताउँछ । ‘कार्यसम्पादनको आधारमा घिसिङको कार्यकाल दोहोरिने सम्भावना पछिल्ला दिनमा नबढेको भने होइन’, स्रोत भन्छ, ‘कदाचित लोकप्रियता र कार्यसम्पादन रेकर्डले काम गर्यो भनेचाहिँ उनले मिडियाप्रेम त्यागेर अघि बढ्नुपर्ने हुन्छ ।’
अहिले प्राधिकरणको सञ्चालक समितिमा ऊर्जामन्त्री वर्षमान पुन आफैं छन् । तर, प्राधिकरणको हरेक नीतिगत निर्णयसहित मार्गदर्शन गरिरहेका मन्त्रीको भन्दा बढी घिसिङको चर्चा हुने गरेको छ । प्राधिकरणको सुधारमा सिंगै टिमको योगदान रहेपनि व्यक्ति केन्द्रित चर्चाका कारण घिसिङ दोहोरिन असहजता भएको मन्त्रालयका एक अधिकारी बताउँछन् । ‘उहाँ जत्तिको काम गर्ने मान्छे अहिले प्राधिकरणका लागि उपलब्ध छैनन्,’ ती अधिकारी भन्छन्, ‘केही कुरा सुधारेर अघि बढ्ने अठोट भयो भने कुलमान घिसिङ दोहोरिने सम्भावना नकार्न सकिँदैन ।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?