मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

डा.शर्माको प्रवेशसँगै काठमाडौं मेडिकल कलेजले थाल्यो कोरोना संक्रमितको उपचार,हेर्नुहोस।

काठमाडौं । केही समययता कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीले अस्पता’लहरुमा उप’चार नपाएर ज्यानै गुमाउँनु परेको घटना बढिरहेका छन् । कोरोना संक्रमण पुष्टि नै नभई मिल्दोजुल्दो लक्षणमात्र देखिदैमा उपचारबाट बन्चित बन्नुपर्ने अवस्था सृजना भईरहेको अवस्थामा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले भने कोरोना संक्रमितको उपचार गर्न थालेको छ ।

बिराटनगरस्थित नोबेल मे’डिकल कलेजका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले काठमाडौं मे’डिकल कलेज अध्यक्षको जिम्मेवारी सम्हालेलगत्तै सेवा सुबिधा पनि बिस्तार गर्दै लगेका छन् । केही दि’नअघिबाट ओपीडी निःशुल्क गराएका डा.शर्माले अहिले कोरोना संक्रमितकै उपचार हुँने वातावरण मिलाएका हुन्।

यसैबीच कलेजमा भर्ना भएकी २७ बर्षीया कोरोना संक्रमित सुत्केरी महिलाले बच्चा ज’न्माएकी छन् । काठमाडौंको असनकी संक्रमित ती महिलाको शुक्रबार श’ल्यक्रिया गरी बच्चा (छोरा) निका’लिएको हो । क’लेजका बरिष्ठ चिकित्सकहरुले संक्रमणबाट जोगिन उच्च सावधानी अपनाउँदै शल्यक्रिया गरी बच्चा निकालेका हुन् । अहिले आमा र बच्चा दुबैको अ’वस्था सामान्य छ । संक्रमित ती सुत्केरी’लाई पनि कोरोनाको लक्षण देखिएको छैन ।

४१ हप्ताकी गर्भवती ती महिलालाई सुत्केरी व्यथा नलागेर पाठेघरको मुख नखुलेपछि व्यथा लगाएर सुत्केरी गराउने तयारी गरिएको थियो । सोही क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पो’जिटिभ आयो । संक्रमण पु’ष्टि भएर पनि अस्पतालले शल्यक्रिया गरी बच्चा निकालेको भन्दै सुत्केरी महिला र उनको परिवार हर्षित छन् । केएमसीमा कोभिड, नन कोभिड र को’भिड आशंका गरिएका बिरामीलाई छुट्टा छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाईएको अस्पतालका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?