मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेपाललाइ स्वीजरल्याण्ड बनाउन यस्ताे बजेट ल्याउदै बामदेव गाैतम,,,हेर्नुहोस्।

काठमाडौं।आउँदो हप्ता नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने निश्चित भएको छ । उनी सांसदमा सिमित हुनका लागि मात्र अगाडि नबढेको देखिइसकेको छ । गौतमको चाहना उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने देखिएको छ ।

बामदेवले अर्थमन्त्रालयको जिम्मेवारी पाएमा के के गर्ने भन्ने सम्मको तयारी गरिरहेको बुझिएको छ । आर्थिक मामलाका जानकार नभएपनि उनले नेकपाको चुनावी घोषणापत्र अनुसारको बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् । यस्तो बजेट पुरक बजेट हुनसक्छ ।

गौतमले संविधानमा उल्लेख भए अनुसार समाजवाद उन्मुख देश बनाउन आर्थिक नीति लागु गर्ने सम्मको तयारी गरेका छन् ।

गौतमको यी तयारीका बाबजुद उनी अर्थमन्त्री बन्ने निश्चित भने छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालय आफैसँग राखेका छन् । डा. युवराज खतिवडाको राजीनामा लगत्तै उनले आफूसँग राखेको अर्थ मन्त्रालयको जिम्मेवारी गौतमलाई दिने संकेत गरेका छैनन् । तर, गौतमलाई सरकारमा लाने कि नलाने भन्ने विषयले नेकपाभित्र विवाद जन्माउने सम्भावना भने देखिएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?