मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रचण्ड संँग परामर्श गर्दै मन्त्री नियुक्तिको लागि प्रधानमन्त्री ओलि…हेर्नुहोस् ।

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्रीहरु नि’युक्त गर्नेगरि आन्त’रिक छलफलमा जुटेका छन्,नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग आन्त’रिक परा’मर्श अघि बढाएका हुन ।

आजमात्रै अध्यक्षद्धयबीच यसबारेमा छलफल भएको नेकपानि’कट स्रोतले जनाएको छ ।अहिले अर्थ र सञ्चार मन्त्रालय ओली आफैंले सञ्चा’लन गरिरहेका छन् ।युवराज खतिवडाले राजीनामा दिएपछि ओलीले अर्थ र सञ्चार मन्त्रालयको ने’तृत्व आँफैले गरिरहेका छन् ।

त्यस्तै भौतिक पू’र्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले पनि शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।अर्थ, सञ्चार र शहरी विकास मन्त्रालयमा ओलीले मन्त्रीको रुपमा नयाँ अनुहार ल्याउनेगरि तयारी थालेका छन् ।क–कसलाई मन्त्री बनाउने भन्नेबारे ओलीले अर्का अध्यक्ष दाहालसँग परा’मर्श गरेका हुन् ।

यसअघि मन्त्रिमण्डल पूनर्गठनको चर्चा चलेको थियो ।तर, ओलीले तत्काल मन्त्रि’मण्डल पूनर्गठन नहुने कुरा पत्रकार ऋषि धमलासँग प्राईम टाईम्स टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा स्प’ष्ट पारिसकेका छन् ।

उनले मुख्यमन्त्रीहरुपनि अर्को चुना’व नभएसम्म परि’वर्तन नहुने स्पष्ट पारिसकेका छन् ।ओली र दाहालबीचको सहमतिअनुसार नै तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने नेकपा स्रो’तको दा’बी छ ।तर वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपालले भने मन्त्रिमण्डल पून’र्गठनमा जोड दिँदै आएका छन् ।

ओलीले भने आफूले यसबारेमा सोचेको भएपनि तत्काल पूनर्ग’ठन नहुने जवाफ दिएका छन् । मन्त्रि’परिषदको बैठक भोलि बस्दैछ । स’म्भवतः भोलिको बैठ’कमा नै ओलीले तीन जना मन्त्री नि’युक्त गर्ने र सरकारको प्रव’क्तासमेत चय’न गर्ने बुझिएको छ।भोलि नै नेकपाको स्थायी कमि’टीको बैठक बस्दैछ ।

यसअघि पार्टीभित्रको आन्त’रिक वि’वाद समा’धानको लागि गठित कार्यदलको प्रतिवे’दनमा के’न्द्रित रहेर भोलिको बैठक औपचारिकताका लागि मात्रै बस्ने बुझिएको छ। बै’ठक बढिमा दुई दिनसम्म मात्रै चल्ने र धेरै नलम्बिने बुझिएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?