मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

खराब मौसमको कारण पूर्वबाट हुने हवाई उडान रद्द

खराब मौसमका कारण यस हिउँदमा पहिलो पटक आइतबार विराटनगर विमानस्थलबाट हुने हवाई उडान र अवतरण रद्द भएको छ ।यता बाक्लो हुस्सु र कुहिरोका कारण विमानस्थल ढिलो खुल्ने र छिटो बन्द हुने समस्या हुदै आएको थियो । आइतबार विभिन्न एयरलाइन्सका १६ वटा उडान रद्द हुँदा करिब १ हजार यात्रुहरु प्रभावित भएका छन् ।

उनीहरु अधिकांश घण्टौ विमानस्थलमा कुरेर फर्किएका छन् भने केही हवाई यात्रुहरुले हवाई भाडा दर जत्तिकै भाडा बुझाएर स्कोर्पियो र हायसबाट सडक मार्ग हुदै संघीय राजधानी काठमाण्डौ हिडेका छन् ।तामा परेका हवाई यात्रुहरुसँग महंगो भाडा लिएर गाडीवालाहरुले ठगीरहदा पनि सम्बन्धित निकायले भने कुनै चासो देखाएका छैनन् ।

विराटनगरबाट दैनिक बुद्ध, यति, श्री र नेपाल एयरलाइन्सले हवाई उडान भर्ने गर्छन । आइतबार बुद्धको ७ वटा, यतिको ५ वटा, श्री एयरलाइन्सका ३ वटा र नेपाल एयरलाइन्सको एउटा उडान रद्द भएको विमानस्थल प्रहरीले जनाएको छ ।

सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिन्छ आइतबार ४ सय मिटर मात्र भिजिबिलिटी रहेको बताइएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?