मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कुलमान घिसिङको चार वर्षे कार्यकाल सकियो, कर्मचारीहरुले औपचारिक विदाई गर्ने,हेर्नुहोस।

काठमाडौं।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आज (आइतबार) चार वर्षे कार्यकाल सकिदैछ । प्राधिकरणका कर्मचारीहरुले घिसिङलाई औपचारिक रुपमा विदाई गर्ने बताइएको छ ।वि.सं. २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गर्नुभएका घिसिङ वि.सं. २०७३ साल भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको थियो ।

घिसिङलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्नुभएको थियो । घिसिङको चार वर्षे कार्यकाल सकिँदै गर्दा प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगो लागेको छैन ।

त्यसोत, घिसिङ दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि उत्तिकै छ । तर, हालसम्म मन्त्रिपरिषदमा घिसिङलाई दोहो’याउने गरी प्रस्ताव पुग्न सकेको छैन, भने सोमबार मात्रै मन्त्रिपरिषदको नियमित बैठक भएकाले प्राधिकरणका नयाँ कार्यकारी निर्देशक नियुक्ति बारे निर्णय हुने सम्भावना रहेको छ ।

१८ घण्टासम्मको लोडसेडिङ हटाएर ३४ अर्ब घाटामा रहेको प्राधिकरणलाई ५ अर्बको सञ्चित नाफामा लगेका घिसिङलाई दोहो¥याउन विभिन्न क्षेत्रबाट माग भइरहेको छ, भने अर्को कार्यकालमा दोहोरिन घिसिङ आफैं पनि इच्छुक हुनुहुन्छ ।

यो पनि पूरा पढ्नुहोस:

कुलमान घिसिङको कार्यकाल आज सकिदै, यो सरकारले निरन्तरताको कुनै चासो देखाएन

समृद्धिको चर्को भा’षण दिने यो सरकार फेरि पनि चुक्ने परिस्थितिमा देखियो। विभिन्न समयमा भिन्न भिन्न किसिमको विवाद सामना गर्दै यहाँ सम्म आईपुगेको यो सरकार जा’नजान फेरि विवादमा फस्ने देखियो।

नेपाल विद्युतप्राधिकरणका का,र्यकारी निर्देशक कुलमान घिसिङ्को स’फल चार वर्षे कार्यकाल भदै २८ अर्थात अाज आइतबार सकिदैछ ।

सरकारको क्याबिनेट बाट निर्णय गर्न पर्ने यो गंम्भिर परिस्थितिमा सर’कारले क्याविनेट बैठक बोलाएन यसमा केहि चलखेल भयो कि भनेर अांशका गर्ने प्रशस्त ठाउँहरु छाडिदियो।

नेपालको सान कुल’मान विभिन्न नामले चर्चित एक ईमान्दार कर्मनिष्ट व्यक्तीत्वको निरन्तरताको जनआवाज उठेपनि अन्तत सरकारको खासै चासो देखिएन।

२०७३, साल भदौ २९ गते वि’द्युतप्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका घिसिङको कार्यकाल आज राति १२ बजेदेखि सकिदै छ।

आफ्नो चार वर्षे सलफ कार्यकालमा निकै चर्चा प्रशंसा कमाउनुभएका कु’लमान घिसिङलाई अर्को का’र्यकाल पनि प्राधिकरणको नेतृत्व दिन सरकार माथी जनदबाब बढेको थियो।विभिन्न लकडाउनको समयमा पनि कुलमानको निरन्तरता नहुने हो कि फे’रि पनि पहिले जस्तै अन्धकारमा बस्नु पर्ने हो कि भन्ने शंकाले गर्दा विभिन्न अान्दोलनहरु समेत भए तर सरकारले अान्दोलनको केहि अौचित्य मानेन। तर मन्त्रिपरिषद्को बैठक साेमबार (भोलि) मात्रै बस्ने भएकाले कुलमान आज बिदा हुने पक्का भएको हो ।

यद्यपि प्रधानमन्त्री केपीशर्मा ओलीले चाहेमा सरकारले फेरि पनि कुलमानलाई प्रा’धिकरणको नेतृत्व दिन सक्छ।तर तर सरकारको गति काम कर्तव्य देख्दा निरन्तरता होला भन्नेमा अब कुनै भरोषा रहेन। कुलमान नेपालको ईतिहासमा एक सफल नेतृत्वकर्ता रुपमा चिनिए। आजसम्मकै विद्युतप्राधिकरणको सफल कार्यकारीको पगरी लगाउन सफल भए अन्धका’रलाई उज्यालो बनाउन हरदम प्रयास गरे जनताको मुहारमा खुसि ल्याए।

तर ओलीले घिसिङलाई नियुक्त गर्न नचाहेको ऊर्जा मन्त्रालय स्रोत बताउँछ विभिन्न पत्रपत्रिकाले लेखिरहेका छन।ने’कपाका अर्का अध्यक्ष प्रचण्ड भने कुलमानलाई नै लैजानुपर्छ निरन्तरता दिनुपर्छ भनिरहेका छन। तर प्रधानमन्त्री केपीशर्मा अोलीले त्यसमा खासै बहस गर्न रुचि देखाउनुभएको पाइएन। ऊर्जा मन्त्रालय स्रोतले केहि मिडियालाई भने अनुसार

ऊर्जामन्त्री वर्षमान पुनले बाहिर मिडियामा अन्तवार्ता दिदा सदासहायता देखाए पनि स’मर्थन गरे जस्तो गरेता पनि पुन कुलमानलाई दोहोर्‍याउने मनस्थितिमा नभए पनि प्रचण्डको दबाबका कारण मन्त्री पुन घि’सिङको नाम प्रस्ताव गर्न राजी हुनुभएको थियो।

तर प्रधानमन्त्री केपीशर्मा अोली नै इच्छा नदेखाएपछि कार्यकारी प्रमुख घिसिङको नाम मन्त्रिपरिषदमा पुगेको छैन।

विगत मा दैनिक १८ घण्टा सम्म लोडस्रेडिङ हुन्थ्यो। लोडशेडिङ घटाएको पुराना र रुग्ण आयोजना सम्पन्न गर्दै लगेको घा,टामा रहेको विद्युत प्राधिकरणलाई चार वर्षमै झण्डै ११ अर्ब रुपैयाँ नाफामा लगेको लगायतका सफलताका कारण सर्वसाधारणले प्राधिकरणमा फेरि पनि घिसिङलाई नै दो’होर्‍याउन माग गरेका छन् माग मात्र हैन सडकमा पनि उत्रिसकेका छन।

२०५१ सा,लमा सातौँ तहको इन्जिनियर बाट प्राधिकरणमा प्रवेश गर्नुभएका घिसिङलाई तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले चिलिमे जलविद्युत् आ’योजनाको प्रमु’खबाट हटाएर विद्युत् प्राधिक’रणमा कामविहीन अवस्थामा राख्नुभएको थियो ।

तर पछि तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको पहलमा सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो र उ’नको सफल का’र्यकाल आम जनताले महशुस गर्ने गरि सकियो र त आम जनताले कुलमान घिसिङ नै कार्यकारीमा निरन्तरता हुनुपर्छ भनेर बुलन्द  आवाज बन्दैै छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?