मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

धादिङ ट्रक दुर्घटना : घाइते १५ जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु चढेको ट्रक दु’र्घ’टना हुँदा ६ जनाको मृ’त्यु भएको छ। मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक दुर्घटना

हुँदा ६ जनाको मृ’त्यु भएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीका अनुसार ६ जनाको मृत्यु भएको हो। केहीको घटनास्थलमै मृ’त्यु भएको र केहीको उपचारको क्रममा जिल्ला अस्पताल धादिङ मृत्यु भएको अस्पतालका अध्यक्ष अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए।

ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैलीभञ्ज्याङमा सडकमै पल्टिएको हो। ट्रकमा ४५ जना यात्रु सवार रहेको प्रहरीले बताएको छ।

प्रत्यक्षदर्शी विजय अधिकारीका अनुसार तीब्र गतिका कारण आइचर दुर्घटना भएको हो। दर्जनौ यात्रुसँगै चालक गम्भी’र घा’इते छन्।

दुर्घटनाका गम्भीर घाइते १५ जनालाई उपचारका लागि काठमाडौं पठाइएको एसपी रेग्मीले बताए। अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइराखेको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?