मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

दैनिक बिहानबेलुका महामारीको सामाना गर्दै बेवारिसे ब्यबस्थापन तथा पुनर्जीवनले पिडितहरुलाई यसरी सेवा गर्दै।

1 min read

चितवन : सरकारमा नेतृत्व गरिरहेका अनेकौं नेताहरुले अब कोहीँ पनि सडकमा हुँदैनन् र भोकभोकै मर्न पर्दैन भनेर अफवाह फैलाएर भोट तानी रहेको परिपेक्षमा जनताहरु अहिले यो कोभिड -१९ कोरोनाको कारणले अझ मारमा परेका छन् ।

यो विषम परिस्थितिमा मुलुकभर विभिन्न संघ संस्थाहरुले दिनमा रोजिरोटी गरेर हुँदा खानेहरुको निम्ति सडक सडकमा खानापानीको व्यबस्था गरि सेवा गरिरहेका छन् । त्यस्तै एक बहुचर्चित संस्था बेवारिसे व्यवस्थापन तथा पुर्नजिवन केन्द्रले पनि अत्यन्तै राम्रो काम गर्दै आएको छ ।

केन्द्रदेखी लिएर शाखाहरु सम्म अनवरत रुपमा सदैव सेवा गर्दै आएको छ । न घाम न पानी न हुरी न बतास न घाम केहीँको पनि प्रवाह नगरीकन अनवरत रुपमा यो संस्थाका पदाधिकारीहरु सेवामा तल्लीन छन् । सरकारले भोका नाङ्गा नदेखे पनि यस्ता सेवामामा तल्लीन संस्थाहरुले देखि पुण्यको कार्य गर्दै आएका छन् ।

यसै संस्थाको चितवन शाखा स्थित सीता कुँवर,प्रकाश थापा,आकंक्षा पोख्रेल,रोजिना त्रिपाठी ,दिपक गौतम लगायतका टिमहरुले नारायणी नदिको किनारमा ज्यान मजदुर गर्दै आएका तर महामारीले गर्दा रोजगारी गुमाएका मजदुरहरुलाई ,सडकमा रहेका बेवारिसेहरुलाई साथै अन्य पिडितहरुलाई खाना खुवाउँदै आएका छन् ।

टिमको अनुसार बिहाना लगभग ३५० जनालाई खाना खुवाईने र साँझ २५० जनालाई खुवाईने जनाएका छन् ।

तस्बिरहरु हेरौं :

स्थानिय सरकारले अन्य सहयोग गरेको पनि जानाएका छन् तर सरकारले आर्थिक सहयोग भने नगरेको भन्ने आएको छ । यस्तो संघ संस्थाहरुलाई सरकारले केही बजेटहरु छुट्याउन आवश्यक छ । यत्ती मात्र नभै यो संस्थाको मुल केन्द्र र शाखाहरुले बेवारिसे लासहरुलाई बर्षौं अघि देखि नै निशुल्क रुपमा सदगद गर्दै पुण्य कमाउँदै आएको छ ।

सरकारलाई हाम्रो अनुरोध छ सडकमा बेवारीसेहरु अनेकौं छन् क्रीपया आँखा बन्द गरेर हैन खोलेर संसारलाई हेरी बोल्नु अघावै सोच्नु र निर्णय गर्नुहोला । हाम्रो मेचीमहाकाली परिवार यी संस्था लगायत अन्य संस्था जो यस्तो विकारल स्थितीमा पनि सेवामा तल्लिन छन् तिनिहरुलाई हृदयदेखी नै सलाम गर्दछ।

यस्तै यस्तै संस्था र मनकारीमनहरु छन् रत पिडितको मुहारमा अलिकती भए पनि हाँसो थपिएको छ त । सरकारले आगामी दिनहरुमा यी संस्थाहरुको कार्यहरु मुल्यांकन गरि सोच्ने दिन आएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?