मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

आज संविधान दिवस, वि’विध कार्यक्रम गरी मनाइँदै,हेर्नुहोस।

काठमाडौं : आज अ’सोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधा’न जारी भएको’ अवसरमा विविध कार्यक्रम गरेर आज देशभर सं’विधान दिवस मनाइँदैछ । संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिव’स मूल समा’रोह समितिले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।

कार्यक्रममा संविधान दि’वस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य ‘दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अ’वसरमा विभिन्न कार्यक्रम गरिने का’र्यक्रम तय भएको छ ।

संविधान जारी भएको पाँच बर्षमा कानुन र आवश्यक संरचना निर्माणका’ काम केही सीमितबाहेक तोकिएको अवधिमा सम्पन्न भएका छन । मौलिक हकका कानुन तीन वर्षको अवधिमा तर्जुमा भएका छन  ।

तर संविधानले परिकल्पना’ गरे’का अन्य कतिपय संरचना अझै पूर्ण हुन सकेका छैनन । यस्तै संविधानले परिकल्पना गरेका’ कतिपय आयोगहरू अझै पदाधिकारीविहीन नै छन्।

संविधान जारीदेखि नै राजनीतिक दल’को एक समूह संविधानका अन्तर्वस्तुमा” विभाजित छ र ऐन–मौकामा संविधान संशोधनको ‘विषय उठाइरहेको पनि छ तर स्पष्ट विषय किटान गर्न नसक्दा सरकार र राजनीतिक दलबीच गहन विमर्श हुन सकेको छैन’ । मधेसकेन्द्रित राजनीतिक दलले राजनीतिक कार्यसूूचीका रूपमा भने संविधान संशोधनलाई उठाइरहेका छन् ।एभिन्युजबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?