मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कुलमानले समर्थकहरुलाई मेरो पक्षमा आन्दोलन नगर्नुहोस् भनी विज्ञप्ती गरेपछी,पूरा पढि आफ्नो धारण राख्नुहोला ।

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले को’रोना भा’इरसको महामा’रीका कारण जोखिम उच्च भएकाले प्रदर्शन नगर्न समर्थकलाई अपिल गरेका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै घिसिङल प्राधिकरणको नेतृत्व निरन्तरता या परिवर्तन स्वाभाविक प्रकृया भएकाले आफ्नो समर्थनमा प्रदर्शन नगरिदिन र महामारीमा जोखिन ननिम्त्याउन समर्थकलाई अपिल गरेका हुन् ।

नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफल’तापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु,’ घिसिङले वि’ज्ञप्तिमा लेखेका छन्, ‘प्राधिकरणको कार्यकारी नेतृ’त्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रि’या भएकाले यसलाई हामी सबैले आत्म’साथ गर्नैपर्छ।’

प्राधिकरणको कार्यकारी निर्देशक नि’युक्त गर्ने सम्पूर्ण अ’धिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुनेमा आफू विश्वस्त रहेको घिसिङको भनाइ छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?