मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

संविधान दिवसको अवसरमा भोजपुरका वरिष्ठ कलाकार नारदमणि हार्तम्छाली राष्ट्रपतिबाट विभुषित हुन घोषित।

1 min read

भोजपुर। भोजपुर जिल्ला षडानन्द नगरपालीका-११ निवासी वरिष्ठ कलाकार एवम् मुर्तिकार आदरणीय नारदमणि हार्तम्छाली ज्यु ‘संबिधान दिवस’ तथा ‘राष्ट्रिय दिवसको’ उपलक्ष्यमा सम्माननीय राष्ट्रपतिज्यूबाट “सुप्रबल जनसेवाश्री (तृतीय)” मानपदवीबाट बिभूषित हुन घोषित हुनु भएको छ ।

वरिष्ठ कलाकार हार्तम्छाली संविधान दिवसको अवसरमा अन्य व्यक्तिहरु सँगै सम्माननिय राष्ट्रपती विध्यादेवी भण्डारीबाट सप्रुबल जनसेवाश्री(तृतिय) मानपदवीमा विभुषित हुन घोषित हुनुभएको हो । उहाँको सत्कर्म,क्षमता र योगदानको कदर गर्दै राज्यले विभिन्न समयमा सम्मान गर्दै आएको छ ।

वरिष्ठ कलाकार हार्तम्छाली मुर्तिकार पनि हुनुहुन्छ । उहाँले विभिन्न ठाउँमा उत्कृष्ट मुर्तीहरु बनाएर विभिन्न सम्मान सहित पुरस्कारहरु पनि पाउँदै आउनु भएको छ । हार्तम्छालीलाई उपनाममा ‘कलाङ’ भनेर पनि परिचित गरिन्छ ।

हार्तम्छानीको बाल्यकाल सामान्य भएपनि उहाँ लगनशील र मेहनती भएको कारण आज यो स्थानमा पुग्नु भएको हो ।उहाँले बनाउनु भएका कयौं मुर्तिहरु मुलुकको विभिन्न भागहरुमा सजावट र सम्झनाको लागि राखीएको छ ।

वरिष्ठ कलाकार हार्तम्छानीले पुराना बाजाहरुको साथै संस्कृतिको बारेमा अनेकौं टेलीभिजन तथा मिडियाहरुमा अन्तरवार्ता दिदैं सबैलाई ज्ञान प्रदान गर्नुभएको छ । अझै पनि ती भिडियोहरु सुरक्षित छन् हेर्न सकिन्छ ।

केही तस्बीहरु हेरौं:                                                                                           यसैको बाबजुद हार्तम्छालीको सत्कर्मलाई कदर गर्दै विभिन्न पुरस्कार साथै सम्मान व्यक्त गर्दै आईएको छ । उहाँलाई हार्दिक बधाई साथै सुभकामना ज्ञापन गर्दछौं । उहाँबाट सबैले ज्ञानहरु सिक्दै अघाडी बढौं भनी अनुरोध पनि गर्दछौं।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?