मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

राज्यभन्दा नी कहलिएका राष्ट्रका गहना सिताराम कट्टेल उर्फ धुर्मुसको आज जन्मदिन,शुभकामना छ ❣️

1 min read

राष्ट्रका गहना ,हाँस्यब्यङग्य कलाकार( धुर्मस) सिताराम कट्टेल र (सुन्तली) कुन्जना घिमिरे दर्शक ह,साँउने कलाकारिता क्षेत्रमा जमिरहनु भएको थियो। जब ०७२ बैशाख १२ मा देशमा भुकम्प ग,यो ।देशको सान धरहरा ढ,ल्यो अन्य धेरै सांस्कृतिक सम्पदाहरु तहस- नहस भयो।

सुन्तली र धुर्मुस

उहाँहरु लाई नपुग के थियो र कलाकारीता भव्यताको साथ चलेकै थियो। विलाशी जिवन जिउन सक्ने सा,मर्थ्य भईसकेको थियो। तर कोहि त देश बनाउने देश बुझ्ने मनकारी हुनु पर्यो!साच्चै देशको निमित जन्मेका यो जोडी नेपाल देशको ईतिहासले कहिल्यै भुल्ने छैन र यस्ता त्यागि व्यक्तित्व पाउने छैन।

हास्यँ कलाकारिता क्षेत्रमा जमेका यो जोडी जब परदेशमा एक कार्यक्रमको शिलसिलामा हुनुहुन्थ्यो देशको पिडा हविगत कन्त,विजोग देखेर कार्यक्रम पुरा नगरी देशको निमित केहि गर्ने अठोटको साथ फर्कनु भयो। बर्ष दिनको सानी नानी (छोरी छाडेर) पिडितहरुको उद्धारमा खटिनु भयो।यस्तो गर्ने शाहस जो कोहिमा हुदै -हुदैन।

सिताराम र कुन्जना

तत्काल रा,हत संकलनमा जुट्नु भयो र भु,कम्प पि,डितहरुको लागि सिन्धुपाल्चोकमा नमुना बस्ति बनाउन सुरु गर्नु भयो। र फटाफट काम गरेर बस्ति हस्तान्तरण गर्नु भयो।रोएको सिन्धुपाल्चोक लाई खुसि दिलाउनु भयो। र तोकेको समयमा काम सक्नु भयो।

छोरीलाई साथै लिएर सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे कट्टेल      ( सुन्तली)

जनताले त्यसपछि भगवान मान्न थाले।राष्ट्र सिङ्गो सरकारले गर्न नसकेको काम उहाँहरुले गरेर देखाउनु भयो जुन कुरा तत्कालिन स,रकारमा रहेका व्यक्तित्वहरुले स्वि,कार गर्नु भईसकेको थियो। यो नमुना जोडीको सामाजिक कार्य त्यतिमा सिमित रहेन हिमाल पहाड तराई जोड्ने उदेश्यले फेरि तराईमा मुसहर बस्ति बनाउनु भयो उसै गरि गरिव दुखिको भगवान बन्नु भयो

बस्ति बनाउने काम पछाडी अब देशको निर्माण गर्नु पर्छ भनेर निरन्तर राष्ट्रिय गौरवको अायोजना राष्ट्रको सान गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने अभियानमा हुनुहुन्छ।सायदै यो देशले फेरि अर्को जोडी मनकारी धुर्मुस सुन्तली पाउने छ।

उहाँहरु अभियानमा हुनुहुन्छ सबैले अन्तराष्ट्रिय स्तरको रंगशालामा सहभागी बनौ धुर्मुस सुन्तलीको देश बनाउने अभियानमा एक जुट बनौ धुर्मुस सुन्तलीलाई राजनितिमा देख्न चाहने उत्तिकै छन तर पहिला रंङ्गशाला निर्माणको काम पुरा होस् हामी कामना मात्र हैन साथ सहयोग पनि गरौ।

अाज उहाँको जन्म दिन परेको छ हामी उहाँलाई जन्म दिनको शुभकामना दिऊ!हामी बरु आफ्नो जन्म दिन भुलौ तर देशका यस्ता सपुतहरुलाई कदापी नभुलौ उहाँहरु हुनुहुन्छ र त देश बन्ने आशा पलाएर आउँछ।उहाँहरु अाशाको किरण हुनुहुन्छ तिन करोड जनताको प्रिय जोडी हुनुहन्छ।

मनकारी हुनुहुन्छ र त आज हामीले समाजसेवा देश निर्माणमा जुट्नु भएको देख्न पाएका छौ समाजसेवा देश निर्माण कसैको वसको कुरा हैन। हामी कम्तिमा उहाँहरुको अभियानमा मात्र सामेल भयौ भने पनि ठुलो राहत हुने छ।

कलाकारिता क्षेत्रमा धुर्मुस सुन्तली बनेर सबैको मन जितेका यो जोडी सामाजिक क्षेत्रमा सबैलाई जुटाउँदै ,हिमाल पहाड तराई कोहि छैन पराई हिमाल पहाड तराई जोड्ने नमुना बस्ति अभियान पुरा गरि देश विदेश जोड्ने अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा लाग्नु भएका छ।

सिङ्गो राज्यले भन्दा पनि उत्कृष्ट काम गर्ने,३ करोड नेपाली जनतालाई सत्कर्मको पाठ सिकाई सदैव सत्कर्म गर्ने हामी सबैको ढुकढुकी साथै राष्ट्रको गहना कलाकार #Sitaram_Kattel ( धुर्मुस) सरलाई जन्मदिनको अवसरमा अरबौं अरब सुभकामना ब्यक्त गर्दछौ।

साथै उहाँको सु- स्वास्थ्य एवम् दिर्घायुको कामना गर्दछौ। उहाँले गर्दै आउँनु भएको सत्कर्महरुले शिखर चुम्दै जाओस् लिएका उदेश्य सबै पुरा हुन् अनि देखेका सबै सपनाहरु साकार होस् तिनकरोडको जनताको तर्फबाट धेरै धेरै शुभकामना।।

#HAPPY_BIRTHDAY_TO_YOU_SIR
अन्तमा भन्न चाहन्छु धुर्मुस सुन्तली एउटा नाम हैन देश बनाउने एउटा संस्था हो। मेरो देश News बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?