मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कुलमानलाई अब एक पटक दोहोर्याएसी नमरुन्जेलसम्म लोडसेडिङ हुन्न,त्यसैले चान्स द्दिऔं-माधव नेपाल (भिडियोसहित)

काठमाडौं । स’त्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा निव’र्तमान कार्यकारी प्रमुख कुलमान घिसिङलाईनै निरन्तरता दिनुपर्नेमा जोड’ दिएका छन्।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋ’षि धमलासँग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन् । स’रकारले कुलमानलाई प्राधिकरणको ने’तृत्वमा पूनः नियुक्ती गर्नुपर्ने आम जनताको मागलाई सकारात्मक रुपमा सम्बोधन गर्छ भन्नेमा आफू विश्वस्त रहेको पनि नेता ने’पालले जि’किर गरे ।

कुराकानीको क्रममा नेता नेपालले भनेका छन्,”कुलमान घिसिङले उहाँले आफ्नो काम, योग्यता र क्षमता देखाउनुभयो । त्यही योग्यता र क्ष’मताको आम जनताले बडो सकारात्मक ढंगले मूल्यांकन गरिरहेका छन् ।

तपाईलाई आ’शा पनि छ वर्तमा’न सर’कारले पनि उहाँको यथोचित मुल्यांकन गरेर फेरि पनि एकपटको निम्ति जिम्मेवारी दिनेछ । सधैंभरि नै जिम्मेवारी दिनुपर्छ भनेर म ठान्दिन् । न’मरुञ्जेलसम्म दिने कुरा त कम्युनिष्ट पार्टीमा त नमरुञ्जे’लसम्म हुँदैन् ।

तर, यस’पटकको नि’म्ति आई’रहेको जु’न माग हो, त्यसलाई सकारात्मक रुपमा सम्बोधन गर्दाखेरि अहिले विद्युत क्षेत्रमा देखापरेको जुन ने’तृत्वको चू’नौति छ, त्यसलाई हल गर्न सकिन्छ ।” नेता नेपालले कुलमानका काममा पनि केही त्रुटिहरु रहेको सु’नाउँदै आफूले भेटेरै ती कु’लमानसँग सेयर गर्ने स्पष्ट पारेका छन् । भिडियो:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?