मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेपाल र चीनबीचको सम्बन्धको विकास आफ्नो उच्च महत्वमा छ-चिनियाँ राष्ट्रपति …हेर्नुहोस् ।

1 min read

बेइजिङ : नेपाल–चीनबीचको सम्बन्धको विकासलाई आफूले उच्च ध्यान दिएको बताउँदै चिनिया राष्ट्रपति सी चिनफिङले आपसी सम्बन्ध र विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई थप बिकास गर्ने जनाउनुभएको छ ।

राष्ट्रपति सीले आइतबार संविधान दिवसको अवसरमा समकक्षी विद्यादेवी भण्डारीलाई शुभकामना पठाउँदै आपसी सम्बन्ध र विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई थप विकास गर्ने जनाउनुभएको हो ।

राष्ट्रपति सीले सोही शुभकामना सन्देशमार्फत् नेपाल–चीन को’रोना महामा’रीविरु’द्ध सहकार्य गरेबाट आपसी मित्रता अझ सु’दृढ तथा गहिरो भएको उल्लेख गर्नुभएको छ ।

सोही क्रममा उहाँले समकक्षी भण्डारीसँग विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई थप विकास गरी दुई देशका जनतामाझ अन्य लाभ पु-याउने इच्छा व्यक्त गर्नुभएको हो ।

यसैगरी चीनका प्रधानमन्त्री ली खछ्याङले पनि आइतबार (आज) नै समकक्षी केपी शर्मा ओलीलाई संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले नेपाल र चीन परम्परागत मैत्रीपूर्ण छिमेकी भएको बताउँदै उनले केही वर्षदेखि दुई पक्षबीच विभिन्न क्षेत्रको सहयोग स्थिर रूपमा अघि बढिरहेको बताउनुभएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?