मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पूर्व जानकारी बिना नै बिजुली का’टिए तु’रुन्तै खबर गर्नुहोस्:-उर्जा मन्त्रालय ,हेर्नुहोस।

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङले चार वर्षे कार्यकाल पूरा गरेर बाहिरिएसँगै आम मानिस फेरि लोडसेडिङ सुरु हुने हो कि भन्ने चि’न्तामा देखिन्छन्।

दैनिक १६ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेर आम मानिसको मन जितेका घिसिङलाई दोस्रो कार्यकाल पनि प्राधिकरणमा जिम्मेवारी दिनुपर्ने माग च’र्को रुपमा उठिरहेको छ।

घिसिङको बगिरगमनसँगै प्राविधिक कारणले विजुली जाँदासमेत आम मानिसले लोडसेडिङ सुरु भएको आशंका व्यक्त गरिरहँदा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री मन्त्रालयले पूर्वजानकारी विना आफ्नो क्षेत्रमा बत्ती गएमा तुरुन्त मन्त्रालय वा प्राधिकरणमा जानकारी गराउन आग्रह गरेको छ।

हाल देशको कुनै पनि ठाउँमा लोडसेडिङ नरहेको जनाउँदै विनाकारण बत्ती गए त्यसको जिम्मेवारी ऊर्जा मन्त्रालयले लिने मन्त्री वर्षमान पुनको सचिलायले जनाउँदै त्यसबारे जानकारी दिन आग्रह गरेको हो।

पुनः प्रेस विज्ञ दायानिधि भट्टले भने, ‘अहिले देशका कुनै पनि ठाउँमा बत्ती क’टौती भएको छैन। यदि कतै पूर्वजानकारी विना विद्युत् सेवा नियमित नभएको अवस्थामा ऊर्जाको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अ’नुरोध गरेका छौं।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?