मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यमा कोरोना सं’क्रमण पु’ष्टि,हेर्नुहोस।

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुनः होम क्वारेन्टाइनमा बसेका छन्। उनको परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै ढकाल हिजोबाट नै होम क्वारेन्टाइनमा बसेको मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए। उहाँको परिवारको सदस्यलाई कोरोना पुष्टि भएसँगै होम क्वारेन्टाइनमा बसिरहनु भएको छ।

’ तिवारीले भने,‘भोली या पर्सितिर उहाँको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्ने तयारी छ।’ तिवारीका अनुसार स्वास्थ्य मन्त्रालय नजाने र नियमित भेटघाट ब’न्द गरेपनि मन्त्री क्वा’टरबाटै मन्त्री ढकालले मन्त्रालयका काम र आवश्यक नि’र्देशन दिइरहेका छन्।

यस अगाडि गत जेठमा मनमोहन का’र्डियोथोरासिक भा’स्कुलर एण्ड ट्’रान्सप्लान्ट सेन्टरमा उपचाररत एक बि’रामीलाई भेट्न मन्त्री ढकाल अस्पताल पुगेका थिए।

तर ती बि’रामीमा कोरोना पुष्टि भएसँगै उनी केहि दिन होम क्वा’रेन्टाइनमा बसेका थिए। ढकालको कोरोना भाइरस सरे न’सरेको पुष्टि गर्न नमूना परीक्षण गर्दा नेगेटिभ आएपनि केहि दिन स्वास्थ्य मन्त्रालय नगई हो’म क्वारेन्टाइनमा ब’सेका समाचार  अन्नपूर्ण पोस्टले प्रकाशन गरेको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?