मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सरकार! डा.गोविन्द केसी उपचार नपाएकाहरुको एक कडिलो आवाज हुन् ,माग संम्बोधन गर- समाजसेवी लिला राई,शेयर गर्नुहोस् ।

समाजसेवी लिला राईले डाक्टर गोविन्द केसीको समर्थन गर्दै सरकारलाई उनले उठाएका मुद्दाहरुको सम्बोधन गरि लागू गर्नको निम्ति दबाब दिएकी छिन् । समाजसेवी राईले भनेकी छिन् “डाक्टर गोविन्द केसी भनेको उपचार नपाएकाहरुको एक बुलन्द आवाज हुन् ,उनीलाई दमन गर्ने हैन माग पूरा गरि दिनुपर्यो सरकार!”

समाजसेवी लिला राई

समाजसेवी राई विदेशमा रहेर पनि स्वदेशको निम्ति अनगिन्ती योगदान दिदै आईरहेकी छिन। उनीले कयौं पिढामा रहेका पिडितहरुलाई जे जति भए पनि आफ्नो तर्फबाट सहयोग गर्दै आईरहेकी छिन् । समाजसेवी राईले अनेकौं बेथितिहरुको बिरुद्वमा खुलेर सशक्त ढङ्गले कलम पनि चलाउँदै आएकी छिन।

सरकार निर्य रहेको बेला कयौं समाजसेवीले झैं राईले पनि दुखेको घाउँ र चर्ह्याई रहेको घाउमा जे जती भए पनि मल्हम पट्टि लगाईदिदै पुण्य कमाउँदै आएकी छिन् ।

डाक्टर गोविन्द केसी स्वास्थ्य क्षेत्रमा भएका अनेकौं बेथितिहरुको बिरुद्वमा बारम्बार अनसन बस्दै आएका छन् । कयौं पटकको अनसनमा सरकारले उनको मागको सम्बोधन गरे पनि कार्यन्वयमा सरकार चुक्दै आएको हुनाले पुनः जुम्लामा अनसन बस्दै आएका केसीलाई हिजो राता रात राजधानी ल्याईएको छ ।

केसीलाई प्रहरीहरुले दमन गर्दै गरेको भिडियो पनी सामाजिक संजालमा भा’ईरल भईरहेका छन् । किन सरकारले केसीका भनाईहरु सुन्दैन? के केसीले आफ्नो स्वार्थको लागि त्य’स्तो जीवन नै धारासायी बनाएर सत्याग्रह बस्दै आएका हुन् त? समाजसेवी राइले पनो दमन पश्चात् आफ्नो सामाजिक संजाल फेस्बुकमा यस्तो लेखेकी छिन् :

“१९औँ सत्या’ग्रहमा रहनु भएका डा. गोबिन्द केसी माथि आज गरिएको प्रहरी व्यावहार निन्दनीय छ ।
कस्को लागि ल’डिरहनु भएको छ उहाँ ?
उहाँको को छ ? आम नेपा’ली जनता बाहेक ।

उहाँको कारण आज चिकित्सा शिक्षा र स्वास्थ क्षेत्रमा भएका अनियमितता लापरबाहीहरु बाहिर आएका छन। गरीबहरुलाई निसुल्क स्वा’स्थ से”वा प्रदान गर्न राज्यलाई पटक पटक घचेटनु भएको छ ।

देशका कुना कुना’मा गएर आफ्नो खर्चमा उपचार सेवा प्रदान गर्ने , नितिगत तह’मा सुधारको आ’वाज उठाउने, नागरिक स्वास्थ र शिक्षालाई पहिलो प्राथमिकता राख्न दवाब सृजना गर्ने र उपचार नपाएकाहरुको आवाज हो गोबिन्द केसी ।सरकार डा. गोबिन्द केसीका जायज मागहरु स’म्बोधन गर।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?