मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मैले कसैलाई ‘पाखे’ भनेको छैन भनेर भन्छन् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा,हेर्नुहोस

काठमाडाैं, ८ असोज । प्र’धानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफूले कसैलाई पाखे नभनेको भन्दै स्पष्टीकरण दिनुभएकाे छ ।

एक अन्तर्वार्तामा थापाले कुलमान घिसिङले गर्दा लोडसेडिङ अन्त्य भयो भ’न्नेहरूलाई ‘पा’खे’ भनेकाे भन्दै समाजिक सञ्जालमा अहिले आलोचना भइरहेको छ ।

साेही विषयमा प्रेस सल्लाहकार थापाले बुधबार ट्विटरमार्फत आफूले ‘पाखे’ नभनेर ‘एकपाखे’ भनी टिप्पणी गरेकाे स्पष्ट पा’र्नुभएकाे छ । उहाँले ‘एकपाखे’ भनेकामा य’सलाई एक’थरी मानि’सले अतिरञ्जित गरी दुष्प्रचार गरेको गुनासो पनि गर्नुभएकाे छ ।

‘मैले पाखे भनेको भनेर एक’थरी दुराशय बोकेका व्यक्तिहरूले अति गरि’रहेको पाएँ,’ थापाले ट्विटरमा लेख्नुभएकाे छ, ‘एकपाखातिरको कुरा गरेर अर्कोपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएको स्पष्ट भनेको छु। त्यसलाई तोडमरोड गरी दुष्प्रचार गर्ने परिचालित तत्व’हरूको भ्रम’मा नपर्न आग्रह गर्दछु।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?