मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

‘कुलमानसँगै किन बत्ती गयो ?’ भन्ने सबैको प्रश्नमा उत्तर यस्तो खाले आयो ,पूरा पढ्नुहोस।

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता विद्युत् वितरण प्रणालीमा उत्पन्न स’मस्याबारे प्रश्न गरेका छन् । मन्त्री पुनले यो स’मस्या तत्काल स’माधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन पनि दिएका छन् ।

मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर स’मस्या तत्काल स’म्बोधन गर्न निर्देशन दिएका हुन् ।मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै स’मस्या आए तत्काल आफूलाई जानकारी दिन पनि भनेका छन् ।

“जनता हाम्रा ग्राहक हुन्, ग्राहकका गु’नासा तत्काल स’म्बोधन गर्नुस्,” मन्त्री पुनले भने ,“नियमित विद्युत् सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गु्’नासालाई नकारात्मक रुपमा नलिऔं, नियमित विद्युत् पाउनु जनताको अधिकार हो भन्ने ख्याल गरेर काम गरौं, छिटोभन्दा छिटो गु’नासाहरुको सम्बोधन गरौं ।

”मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशक बिहीन रहेको विषयसँग जो’डेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नि’यतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्य’वहारबाटै जवाफ दिनुपर्नेमा जोड दिए ।

“समय परिस्थिति र घ’टनाक्रमका कारण पनि सरकार, मन्त्रालय र प्राधिकरणमाथि कतिपय स्वाभाविक, कतिपय अस्वाभाविक र कतिपय नि’योजित गु’नासा आएका छन्,” मन्त्री पुनले भने, “जा’यज र स्वाभाविक गु’नासोलाई सम्मान गर्दै आफ्नो काम इमान्दारीपूर्वक गरौं, नि’योजित आशंका आफैं ह’टेर जान्छन् ।

”मन्त्री पुनले विद्युत जनताको जीवनसँग अभिन्न रुपले जोडिएकाले त्यस्तो संवेदनशील निकायलाई एक मिनेट पनि ढिला गर्ने छुट नभएको उल्लेख गरे । “तपाईंहरु सं’वेदनशील नि’कायको जि’म्मेवारीमा रहेको व्यक्ति हो, त्यस्तो कार्यालयमा काम गर्नेका लागि एक मिनेट पनि ढिला गर्ने छुट छैन,” मन्त्री पुनले भने ।

उनले कोभिड–१९ का कारण विद्यालय र विश्वविद्यालयहरुको पठनपाठन अनलाइन कक्षामार्फत् भइरहेकाले पनि विद्युत अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल अ’सर पर्नसक्नेतर्फ ग’म्भीर हुनुपर्ने उल्लेख गरे ।

मन्त्री पुनले यस्तो समयमा जनतासँग प्रत्यक्ष वा अ’प्रत्यक्ष रुपमा संवाद गर्न पनि प्राधिकरण नेतृत्वलाई निर्देशन दिए ।मन्त्री पुनले प्राधिकरणको कार्यकारी निर्देशक आउने÷जाने प्रक्रिया नि’यमित भएको स्पष्ट गर्दै प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन आग्रह गरे।

आफूले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै मन्त्री पुनले मुल नेतृत्व नभएको महसुस नहु्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिए । “जति दिन निमित्त कार्यकारीका रुपमा रहनुहुन्छ ।

म निमित्त हुँ भन्ने सोच नराख्नुस्, तपाईं अर्को व्यवस्था नहोउञ्जेलसम्मका लागि पूर्ण अधिकारसहितको कार्यकारी हुनुहुन्छ,” मन्त्री पुनले कोइरालालाई भने ।मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत पाइरहेका जनता स’मस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वभाविक भएको बताए ।

उनले प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत् उपलब्ध गराउने काममा मन्त्रालय सधैं ग’म्भीर रहेको स्पष्ट पारे ।सो अवसरमा प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले ख’राब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैं स’माधान भएर जाने जानकारी दिए।

प्राधिकरणका कर्मचारीले रात दिन नभनी समस्या ह’टाउँदै विद्युत सुचारु गरिरहेको उनको भनाइ थियो । ‘ललितपुरको खोकना र काठमाडमैंको ग्रान्डी अस्पताल क्षेत्रमा हाम्रा कर्मचारीले रातभरि काम गरेर अ’वरुद्ध विद्युत् सुचारु गराए,” ।कोइरालाले भने, ‘तौलिहवामा विद्युत् सुचारु गराएर फर्कंदा वितरण केन्द्रका प्रमुखसहित हाम्रा चार कर्मचारी र दुई सर्वसाधारणलाई गाडीसहित खोलाले ब’गाउनेसम्मको घ’टना भयो ।

”बैठकमा प्राधिकारणका वितरण निर्देशनालय प्रमुख हरराज न्यौपाने र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण चौधरीले लगातारको वर्षात, बा’ढी प’हिरो, च’ट्याङ, रुख ढल्ने जस्ता कारणले पछिल्लो केही दिनयता प्रणालीमा स’मस्या आएको जानकारी गराएका थिए । न्यौपाने र चौधरीले पनि वर्षात कम भएसँगै स’मस्या स’माधान हुने दा’बी गरे ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?