मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ह्वात्तै १०० रुपैयाँ भन्दा माथी पुगेको प्याज ६० रुपैयाँ किलो, एक जनाले तीन केजीसम्म पाउने,हेर्नुहोस।

काठमाडौं।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली बिक्रीकक्षबाट प्रतिकेजी रु ६० मा प्याज सर्वसाधारणलाई बिक्रीवितरण गर्न शुरुआत गरेको छ । सरकारले बजार अनुग’मनका क्रममा बढी मूल्यलिई बिक्री गर्न लागेका प्याजलाई जफ’त गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बि’क्री गर्न थालेको हो ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई प्रतिकेजी रु ६० मा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिए ।

उनका अनुसार बजार अनुगमनका क्रममा १४ हजार ६ सय केजी प्याज सरकारले नियन्त्रणमा लिएको छ । “हामीले प्याजको चर्को मूल्यमा बेच्ने व्यापारीबाट प्याज नियन्त्रणमा लिए आफै बे’च्न थालेको हौ”, उनले भने, “ एक जनालाई तीन किलोसम्म दिन थालेको छौ ।

” उनका अनुसार ५२ रुपै’याँ राजस्व र ८ रुपैयाँ खाद्य कम्पनीको खातामा जिम्मा गरिने छ । केही दिन अघि उपत्यकामा प्याजको मू’ल्य रु १२० सम्म पुगेको बताइएको छ । उद्योग, वा’णिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमन समेत गरेका थिए

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?