मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

उर्जाशिल र अनुभवी युवाहरु विच घरदेश र परदेश विच विशेष कुराकानी! नेपाली समय अनुसार आज ४ बजे

1 min read

घरदेश र परदेश विच युवाहरुको विशेष कुराकानी! शनिवार नेपाली समय ४ बजे जानकारीको लागि शेयर गरौ।आज अर्थात 26( तारिक )शनिवार घरदेश र परदेशमा रहेका नेपालीबिच श्रम , शिप , पुजी र ज्ञानको आदान-प्रदान गर्ने मातृभुमी कसरी समृद्ध बनाउने लगायतका विविध राष्ट्र र राष्टियता सँग जोडिएर विशेष कुराकानी हुदै।

हामीले देख्दै आएका चिरपरिचित पात्रहरु नागरिक समाजका अध्यक्ष लगायत अन्य विभिन्न क्षेत्रमा आवद्ध ब्यक्तित्वहरु उपस्थित हुनुहुने छ। हामीले अपेक्षा आशा गरेका पात्रहरुको कुराकानी सुनेर पक्कै पनि देश विदेशमा रहेका युवाहरुलाई उर्जा मिल्ने छ।

घरदेश परदेश विच विशेष कुराकानी मा सहभागी व्यक्तित्वहरु चिरपरिचित अनुहार तस्विरमा हेरौ! साचिक्कै यि ब्यक्तित्वहरुलाई देख्दा पनि उर्जा आउछ।

विभिन्न क्षेत्रमा अनुभवी युवा उद्यमी देखि वैदेशिक रोजगारमा रहेर पनि हरक्षण हरपल राष्ट्रको विषयमा चिन्ता चासो मात्र हैन समाधानका उपाय सिकाउने अाफूँ पनि विभिन्न अभियानमा जोडिएर समस्या देखाउने मात्र हैन समाधानका लागि पहल गर्दै अभियान गर्दै आवाज विहिनको अावाज मात्र हैन गरिव दुखिको सेवा गर्दै आउनु भएका ज्वाला सङग्रौला सहितको टिमले युवाहरुलाई अझै मोटिभेट बनाउनु हुनेछ। हामी प्रतिक्षा गरौ शनिवारको कार्यक्रम विशेष भन्दा विशेष हुने छ। कार्यक्रम नछुटाउन सबैमा अनुरोध गर्दछौ।

जाजकारी दिदै फेसबुकमा अनुज थापा लेख्नु हुन्छ। भोली शनिवार यता !घरदेश र परदेशमा रहेका नेपालीबिच श्रम , शिप , पुजी र ज्ञानको आदान-प्रदान गर्ने पुलको निर्माण गर्नु र त्यो मार्फत घरदेशमा रोजगारी सिर्जना गर्नुनै मातृभूमि समृद्द वनाउने अचुक मन्त्र हो । त्यसैले भोली गैर आवासीय नेपालीहरूसंग “ यूवा , व्यवसाय – चुनौती र अवसर “ बिषयमा गहन छलफल हुने अपेक्षामा छु ।

त्यसैगरि नागरिक समाजका अध्यक्ष निगम हुमगाई लेख्नु हुन्छ- सक्षम युवा शक्ति नै राष्ट्रिय सम्वृद्विको मूल आधार हो ! नेपाल बाहिर रहेर पनि मातृभुमिको सेवामा समर्पित सबै युवाहरूमा हार्दिक नमन ! आउॅंनुहोस् राष्ट्रिय सम्वृद्विमा युवाको भूमिकाको बिषयमा संसारभर रहेका हामी युवाहरू एकजुट भई घनिभूत छलफल गरौं !

युवा उमेर मात्र होईन,युवा प्रवृत्ति हो, दृष्टिकोण, जोश, जाँगर र हिम्मत हो । देशको दरिलो खम्वा नै युवा हो यी र यस्तै विषयका विविध उर्जाशिल कुराकानी सुन्ने छौं आज । त्यसैले केहि समय जरुर छुट्टाउनु होला । हामि प्रतिक्षारत छौं। हजुरहरु सबैलाई कार्यक्रम सफलताको शुभकामना अन्तमा प्रचार प्रसार गरि सबै माझ पुर्याऊ युवाशक्तिहरु जोडिनु होला। जय देश जय मातृभुमी!मेरो देश न्युजबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?