मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सरकारले मात्र सीमाको र’क्षा गर्न स’क्दैन : गृहमन्त्री थापा,सरकारले सक्दैन भने कसले गर्ने नी?हेर्नुहोस।

दार्चुला: गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्था’नीय वा’सिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बता’एका छन् । दार्चुलाको खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने:

“सीमाको रक्षा स’रकारले मात्र गर्न सक्दैन,सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अ’झ राम्रोसँग गर्न सक्छन् ।” सीमा क्षेत्रका ना’गरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हु’नसक्ने उनको भनाइ छ ।

दार्चुलाको उत्तरी सीमा क्षेत्र र’णनीतिक महत्वको रहेको बताउँदै गृहमन्त्रीले विश्वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएको यस क्षे’त्रलाई स’रकारले विशेष महत्व दिएको बताए । उनले यस क्षेत्र पर्यटनको ठूलो सम्भावनासमेत रहेकाले यहाँको वि’कासलाई सरकारले विशेष प्राथमिकता दि’एको उल्लेख गरे ।

गृहमन्त्री थापाले यो क्षेत्रमा अध्या’गमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुवि’धाका लागि थप टेलिफोन ला’इन ज’डान गरिने बताए।

गृहमन्त्री थापासँग व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र ख’नाल,गृहसचिव महेश्वर न्यौपाने,दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी,सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी प’वनराज घिमिरे, सशस्त्र प्रहरीका एआ’इजी रामशरण पौडेल’लगायत सहभागी थिए।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed