मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने, डी’पीआर तयार,कसले बनाउने तयारी होला?,हेर्नुहोस।

कास्की ।गण्डकी प्रदेश सरकारले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला नि’र्माण गर्ने भएको छ । साविक भरतपोखरी गाविस हाल पोखरा महानगरपालिका– ३३ को पशुपतिघाटको १७४ रोपनी जमिन गतवर्ष नेपाल सरकारबाट प्रदेश सरकारलाई भो’गाधिकारका लागि प्राप्त भएपछि सरकारले सो जमिनमा रङ्गशाला निर्माण प्रक्रिया अघि ब’ढाएको हो ।

क्रिकेट रङ्गशालाका लागि प्रदेश सरकारले विस्तृत आ’योजना प्र’तिवेदन डि’पिआरसमेत तयार गरिसकेको छ । बि’आरएस इ’न्जिनीयरिङ सो’लुशन प्रालिले रङ्गशालाको डि’पिआर तयार गरी प्र’तिवेदन सामाजिक विकास मन्त्रालयलाई बुझाएको हो ।

सरकारले गत वर्ष रङ्गशालाको डि’पिआरका लागि रु ५० लाख बजेट वि’नियोजन गरेको थियो । जमिन प्राप्त भएपछि सरकारले डिपिआर प्रक्रिया शुरु गरेकामा कम्पनीले हालै प्र’तिवेदन बु’झाएको थियो ।

सो डि’पिआरमा रङ्गशाला नि’र्माणमा रु एक अर्ब ६० करोड लागत लाग्ने उल्लेख गरिएको मन्त्रालयका खेलकूद विभाग महाशाखाका उपसचिव तेजप्रसाद काफ्लेले बताए ।सरकारले चालू आर्थिक वर्षमा क्रिकेट रङ्गशालाका लागि रु दुई करोड बजेट वि’नियोजन गरेको छ । विनियोजित बजेटबाट यस बर्ष वातावरणीय प्र’भाव मू’ल्याङ्कन, जमिन सी’माङ्कन तथा त’टबन्धनलगायत काम गरिने मन्त्रालयले जनाएको छ ।

उपसचिव काफ्लेले भने, “अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि डि’पिआर बनाउने जि’म्मा पाएको कम्पनीले प्र’तिवेदन बुझाएको छ । यसवर्ष बजेट थोरै मात्र वि’नियोजन गरिएकाले जग्गाको सं’रक्षणका काम गर्दै रङ्गशालाका लागि स्रोत जु’टाउन शुरु गर्दछौँ ।”

गण्डकी प्रदेश सरकार ग’ठन भएपछि सरकारको आव २०७४/७५ को पहिलो बजेट तथा कार्यक्रममा प्रदेशभित्र सु’विधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि स्थान प’हिचान गर्ने उल्लेख थियो । त्यसपछिका बजेट कार्यक्रममा’समेत सरकारले रङ्गशाला निर्माणलाई प्रा’थमिकतामा राखेको छ ।

करिब १२३ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने रङ्गशालामा १८ हजार दर्शक क्षमताको प्या’रापिट बन्ने डि’पिआरमा उल्लेख छ । मै’दानमा सात वटा पिच, भि’भिआइपी कक्ष, भि’आइपी कक्ष, खेलाडी कक्ष (प्ले’यर बक्स), चे’ञ्जिङ रुम (कपडा फे’र्ने कोठा), मिडिया कक्ष, पार्किङलगायत सं’रचना बन्नेछन् ।क्रिक्रेट रङ्गशाला पोखराको मुख्य बजारदेखि १० किमी टाढा र पृथ्वीराजमार्गबाट दुई किमिको दूरीमा रहेको छ ।

पोखरामा पछिल्ला वर्षमा क्रिकेटका अन्तर्राष्ट्रियस्तरका प्र’तियोगितासमेत सम्पन्न भएका छन् ।पोखरा रङ्गशालाभित्र रहेको क्रिकेट मैदानमा गतवर्ष १३औँ दक्षिण एशियाली खेलकूद (साग)को महिला क्रिकेट खेलाइएको थियो ।

सो मैदानमा क्रिकेटका अन्य पूर्वाधार बन्न सकेका छैनन् । पोखरा प्रिमियर लि’ग (पि’पिएल) का दुई संस्करणसमेत सोही मैदानमा सम्पन्न भएका थिए ।प्रदेश सरकारले बनाउन प्र’क्रिया शुरु गरेको क्रिकेट रङ्गशाला निर्माणपछि पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिताको ढो’का खुल्ने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दुई मैदान अ’निवार्य गरिएको छ ।रासस

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?