मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कसले गर्यो रुसले बनाएको साढे दुई करोड डोज कोरोनाको खोप नेपाल ल्याउने सम्झौता ?,हेर्नुहोस।

एजेन्सी ।रुसमा बनेको कोभिड १९ विरुद्धको खोप नेपाल ल्याइने भएको छ । रुसले २ क’रोड ५० लाख डोज खोप नेपाललाई दिने भए’को हो ।यससम्बन्धी रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता क’म्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता

कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा खो’प आपूर्ति गर्नो सम्झौता भ’एको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ । फन्डका प्रमुख कार्यकारी अधिकृत किरिल डिमिट्रेभले ट्रिनिटीसँग सम्झौता भएको र नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्ने गरी भ्याक्सिन उपलब्ध गराउने ज’नाएका छन् ।

उक्त रसियन कम्पनीले भारतमा पनि ठूलो संख्यामा कोरोनाविरुद्धको खोप पठाउने जनाएको छ । त्यस्तै, यसअघि आरडीआईएफले मेक्सिकोसँग ३२ मिलियन डोज, ब्राजिलसँग ५० मिलियन डोज, भारतसँग १०० मिलियन डोज र उज्बेकिस्तानसँग ३५ मिलियन डोज भ्याक्सिनको लागि सम्झौता गरि’सकेको बताइएको छ ।

रुसी सरकारको प्रत्यक्ष लगानीमा विकास भएको यो खोपलाई रुसले विश्व स्वास्थ्य संगठनमा पहिलो पटक दर्ता गरेको हो ।रुसी राष्ट्रपति भ्लादमिर पुटिनले उक्त खोपको अन्तिम चरणको परीक्षणमा आफ्नै छोरीमा पनि परीक्षण गरेको बताएका थिए ।सिधाकुरा बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?