मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

विद्युत् छ, बाल्न पाइँदैन, स्थानीय अझै अँध्यारोमै बस्न बाध्य

दैलेख : विगत तीन वर्षयता जिल्लाको नौमूले गाउँपालिकास्थित द्वारी खोला जलविद्युत् आयोजनाबाट ३.७५ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ। तर यहाँ उत्पादित विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिँदा गाउँमै विद्युत् उत्पादन भए पनि स्थानीय अझै अँध्यारोमै

बस्न बाध्य छन्। जिल्लामा ४.५ मेगावाट क्षमताको पदमखोला जलविद्युत् आयोजना झन्डै ८० करोड लागतमा सम्पन्न भएको छ। दुई ठ्रला जलविद्युत् आयोजनाबाट नौमूलेमा ७.८० मेगावाट विद्युत् उत्पादन हुन्छ। यसले नौमूले मात्र नभइ सिंगो जिल्लालाई नै उज्यालो बनाउन सक्छ। तर विद्युत् गृह भएकै गाउँ अँध्यारा छन्। हाइड्रोहवको रूपमा परिचित नौमूलेमा धमाधम जलविद्युत् आयोजनाहरू निर्माण भए पनि स्थानीयले उपभोग गर्न पाएका छैनन्ब त्तिमुनिको अँध्यारोमा बस्न बाध्य स्थानीय यहाँ उत्पादित विद्युत् सिधै राष्ट्रिय प्रशारण लाइनमा जोडिँदा विकासको अनुभूति नभएको बताउँछन्। पटक–पटक स्थानीयलाई विद्युत् उपभोग गर्न दिन माग गरे पनि सुनुवाइ भएको छैन। ‘आयोजना सुरु हुँदा पहिलो प्राथमिकता नौमूलेलाई भनिएको थियो,

तर विद्युत् उत्पादन सुरु भएपछि सिधै राष्ट्रिय प्रशारण लाइनमा जोडियो,’ स्थानीय शशी विकले भने, ‘यहाँका गाउँ सधैं अँध्यारै रहे, राष्ट्रिय प्रशारण लाइनको महँगो विद्युत् गाउँमा बाल्न सकेका छैनौ।’ सरकारको उदासीनताका कारण स्थानीयले विद्युत् उपभोग गर्न नपाएको उनको गुनासो छ। आयोजना प्रभावित अधिकांश स्थानीयले जग्गाको मुआब्जासमेत पाएका छैनन्। द्वारीखोला जलविद्युत् आयोजना निर्माण गर्दा प्रभावितलाई १० प्रतिशत सेयर वितरण गर्ने सहमति भएको थियो। अहिलेसम्म यो सहमति पनि कार्यान्वयन भएको छैन।

निर्माण कम्पनीले आयोजना प्रभावितलाई सेयर दिने बताए पनि हालसम्म नपाएको स्थानीय सन्दीप विकले बताए। जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् सिधंै राष्ट्रिय प्रशारण लाइनमा जोडिँदा नौमूलेका जनताले आफ्नै ठाउँमा उत्पादन भएको विद्युत् उपभोग गर्न पाएका छैनन्। गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले स्थानीयलाई विद्युत् उपभोग गर्ने वातावरण मिलाउन संघीय सरकारसँग पहल गरिरहेको बताए।

गाउँमै विद्युत् उत्पादन भएपनि उप भोग गर्न नपाएपछि स्थानीयलाई उद्योग तथा कलकारखाना खोल्न समस्या भएको छ। विद्युत् उत्पादन घटेपछि स्थानीयलाई छुट्टै वितरणमा समस्या भएको कम्पनीका म्यानेजर अनिलकुमार खनालले बताए।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?