मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

आजको राशिफल : वि.सं. २०७७ असोज १६ गते शुक्रवार || श्री पाथीभरा माताले सबैको कल्याण गरुन

वि.सं. २०७७ असोज १६। शुक्रवार। इ.स. २०२० अक्टोबर २। ने.सं. ११४० अनलागा। अधिक आश्विन कृष्णपक्ष। प्रतिपदा, २७:२४ उप्रान्त द्वितीया। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४८ बजे र सूर्यास्त : साँझ ०५:४१ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:५७ बजे र

सूर्यास्त : साँझ ०५:४९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवादपनि बढ्नेछ । चोटपटक लाग्न सक्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । भौतिक सुख या वाहान सुखपनि मिल्नेछ । हरियो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउन सकछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । झैँ–झमेलाको अवस्थापनि आउला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । वस्त्र लाभपनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा सफलता र प्रभूत्त्व जमाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक र सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको कार्य पुरा हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । मुद्धा मामिलामा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लाभ,हानी, सुख,दुख वरावरी र मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रापनि हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलतापनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता नै मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ । विशेष यात्रापनि हुनसक्छ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?