मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

महामारीको बेला पिडितको चर्याएको घाउमा थोरै भए पनि मल्हम पट्टि लगाउन अन्सुलको टिमले लम्जुङमा गर्यो Food Bank संचालन ,हेर्नुहोस।

1 min read

लमजुङ : विश्वभरी आएको महामारी कोभिड-१९ कोरोना भाईरसको कारणले जीवन अस्तव्यस्त भए सँगै ज्याला मजदुरी गरेर खाने विपन्न वर्गहरु साथै बेरोजगार एवम् अशक्तहरु निकै नै मारमा परेका छन् । नेपालमा झण्डै ६/७ महिनाको अवधिसम्म लकडाउन हुँदा सबै विचलित भएका छन् ।

सत्कर्मी मनहरुले यो महामारीको समयमा दुःख पाएका अनेकौं मानिसहरुलाई विभिन्न तवरले सहयोग गर्दै मानवीयता प्रष्टै झल्काई जुगौं जुगको निम्ति पुण्य कमाउँदै आएका छन् । मानवीयता हराएको सहरमा मानवलाई सहयोग गर्ने मानव साँच्चिकै भगवान् सरह पिडितहरुको लागि हुन्छ नै हुन्छ ।

त्यस्तै सत्कर्म गर्दै पुण्य कमाउँदै आएका अन्सुल लोहनी र उनका टिम मिलेर पिडामा परेकाहरुलाई थोरै भए पनि राहत मिलोस भन्ने हेतुले लम्जुङ जिल्ला स्थित फुड बैंक (Food Bank) संचालन गरेका छन् । फुड बैंक संचालन गर्दै गर्दा त्यहाँ भनिएको छ हुनेले दिने र नहुनेले लिएर जाने यो नै सच्चा मानवियता हो ।

अन्सुलको टिमले सत्कर्म गर्दै आएका छन् । उनिहरुले सबैलाई प्रेरणा दिदैं सत्कर्म गर्दै आएका छन् । यो फुड बैंकमा पनि सबैको साथ तथा समर्थको आशा व्यक्त गरेका छन।

महामारीको बेला मुलुकको विभिन्न ठाउँहरुमा खाना खुवाइने टिम,कपडा बैंक साथै फुड बैंक स्थापना गरिएर पिडितहरुलाई सत्कर्मी मनहरुले सहयोग गर्दै पुण्य कमाउँदै आएका छन् । राज्यको दायित्व भित्र पर्ने कार्य नागरिकले गर्दा सबै खुशी तर सरकारले त्यत्ती ध्यान नदिदा आक्रोसित पनि सबै छन् ।

यसै उदेश्य अनुरुप लम्जुङ जिल्लामा पनि अन्सुल लोहनिको टिमले फुड बैंक स्थापना गरेको हो । फुडबैकमा अलिक सम्पन्न र मनकारी मनहरुले विभिन्न खानेकुराहरु दिन सक्नुहुनेछ भने पिडामा परेकाहरुले खानेकुराहरु बैंकबाट लगेर गुजारा गर्न सक्नुहुनेछ ।

लोहनिको टिमको न यसमा कुनै स्वार्थ नै छ न त केहीँ प्राप्तिको आशा नै छ । यो एक विशुद्ध मानविय धर्म भएको कारणले गर्दा लम्जुङ बासी सम्पुर्णलाई यसमा सहकार्य गर्दै अघाडी बढ्न र हौसला प्रदान गर्नको निम्ति टिमको आग्रह साथै आशा रहेको छ ।

तपाईं सत्कर्मको पक्षधर हुनुहुन्छ र यो समाचार पढ्दै हुनुहुन्छ भने अन्सुलको टिमलाई हौसला दिलाउँदै र सम्पुर्ण सहयोगी मनहरुलाई सलाम दिदैं सक्दो शेयर गरि नैतिक सहयोग गर्दै पुण्य कमाउनु होला भनी आग्रह गर्दछौं ।

अन्सुल जीको टिमले गरेको सत्कर्मलाई उच्च सम्मान गर्दै सदैव समर्थन रहने वाचा साथ यो समाचार सम्प्रेषण गर्न पाउँदा मेचीमहाकाली परिवार अत्यन्तै गौरवान्वित भएको जानकारी दिलाउँदछौं । सदैव राम्रो होस।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?