मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सिन्धुलीगढीलाई पर्यटकियस्थलका रुपमा विकास गरिने मन्त्री भट्टराई,होला त विकास? हेर्नुहोस।

काठमाडौँ । स’मृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको दिनको अवसरमा सिन्धुलीगढी चित्र कथा पुस्तक प्रकाशन गरेको छ ।

संस्कृति, पर्यटन तथा ना’गरिक उड्डयनमन्त्री योगेश भट्टराई, सांसद हरिबोल गजुरेल, सांसद गणेश पहाडी, इतिहासकार प्राध्यापक दीनेशराज पन्तले सो पुस्तकको आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरे ।

पुस्तक विमोचन गर्दै म’न्त्री भट्टराईले सिन्धुलीगढीमा वीर गोर्खालीले अँग्रेजी सेनालाई परास्त गरेर नेपालीको स्वतन्त्रता जोगाउन भूमिका निर्वाह गरेकाले सिन्धुलीगढीको विकास गर्न सरकारले काम गर्ने बताए।

उनले अँग्रेजसँग युद्ध भ’एको सिन्धुलीगढीलाई अहिलेको समयमा नेपाल बेलायत मैत्री स्थलका रुपमा विकास गर्न सकिने पनि बताए । उनले सि’न्धुलीहुँदै निर्माण भएको तीन वटा राष्ट्रिय राजमार्गका कारण पनि सिन्धुलीको पर्यटन सम्भावना रहेको जनाए ।

सांसद गजुरेलले सिन्धु’लीगढीको ऐतिहासिक दरवार पुनर्निर्माण गर्न सरकारले पहल गर्नुपर्ने बताए। कार्यक्रममा इतिहासकार प्रा. प’न्तले सिन्धुलीगढीले नेपालको एकिकरणमा समेत भूमिका निर्वाह गरेको उल्लेख गर्दै उक्त स्थलमा जथाभावी संरचना नि’र्माण गरेर इतिहास मेटाउन नहुनेमा जोड दिए।रासस

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?