मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बालुवाटार छिर्‍यो कोभिड-१९ को’रोना ! क-कस्लाई देखियो को’रोना ?,पूरा पढ्नुहोस।

काठमाडौं । प्रधा’नमन्त्री के’पी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा का’र्यरत ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोत’का अनुसार प्रधानमन्त्रीका सल्लाहकार, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकलगायत ७६ जनामा को’रोना सं’क्रमण पु’ष्टि भएको हो ।

संक्रमितमा प्रधा’नमन्त्रीका प्र’मुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्ला’हकार राजन भट्टराई, प्रेस सल्लाह’कार सूर्य थापा, फोटो ग्राफर राजन काफ्ले लगायतका सचिवालयका सदस्य समेत रहेका छन् ।

संक्रमितमध्ये रि’माल, भट्टराई, थापा र काफ्लेले आफूहरु संक्रमित भएको जानकारी दिएका छन् । उनीहरुले सामाजिक सञ्जा’लमार्फत संक्रमण भएकोबारे जानकारी दिँदै आफूहरुको सम्पर्कमा आउनेहरुलाई सचेत हुन सुझाएका छन् ।

कोरोना परीक्षण भएका’मध्ये प्रधानमन्त्रीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको बालुवाटार स्रोतले बताएको छ । तर बाक्लो भेटघाट र चह’लपहल हुने बालुवाटारमा कार्यरत ७६ जनामा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका धेरै कन्ट्याक्ट ट्रेसिङमा परेको बताइएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed