मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कोरोनालाई “चाईनिज भाईरस” संज्ञा दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना,के भन्नुहुन्छ नी?

बीबीसी। को’रोना पो’जेटिभ देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको छ। ह्वाइट हाउनसले विज्ञप्ति जारी गर्दै सावधानी र होसियारी अपनाउँदै राष्ट्रपति ट्रम्पलाई वाल्टल रीड नेशनल मिलिट्री अस्पताल लैजाने निर्णय गरिएको जनाएको छ।

त्यसअघि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका थिए। ह्वाउट हाउसले सू’चना जारी गर्दै ट्रम्पलाई थकान महशुस भएको र उनी चाँडै निको हुनेमा आशावादी रहेको जनाएको छ।सी’बीएस न्युज’का अनुसार ट्रम्पलाई हल्का ज्वरो आएको छ।

राष्ट्रपति ट्रम्प विशेष हेलिकप्टर मरीन वनबाट मेडिकल सेन्टर प्रस्थान गरेका थिए। तर प्रस्थान गर्नुपूर्व ट्रम्पले आफू र आफ्नी श्रीमतीप्रति शुभकमना दिनेलाई धन्यवाद दिएका थिए। ट्रम्पलाई कोरोना पोजेटिभ पुष्टि त्यतिबेला भएको छ।

जतिबेला अमेरिकामा राष्ट्रपतिको चुनाव हुन एक महिना मात्र बाँकी रहेको छ। ट्रम्प’को प्रतिश्पर्धा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनसँग हुँदैछ।अस्पताल जानु पूर्व राष्ट्रपति ट्रम्पले जनताका ला’गि एउटा भिडियो सन्देश जारी गरे अनि उनी हेलिकप्टरमा बसे। उनले मास्क लगाएका थिए। ट्रम्प’ले जारी गरेको भिडियो सन्देशमा भनेका छन्, ‘म सबैलाई सह’योगप्रति धन्यवाद भन्न चाहन्छु।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?