मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सामाजिक सञ्जालमा विज्ञापन गर्न रोक

काठमाडाैँ – नेपाल राष्ट्रबैंकले फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युबलगायतका सामाजिक सञ्जालमा विज्ञापन गर्न रोक लगाएको छ। सामाजिक सञ्जालमार्फत विज्ञापन गरे विदेशी विनिमय मुद्राको अपचलनको मुद्दा लाग्ने राष्ट्रबैंकले जनाएको छ। राष्ट्रबैंकले शुक्रबार विज्ञप्ति जारी गरी

इन्टरनेटका माध्यमबाट सामाजिक सञ्जालका सञ्चालक कम्पनीलाई रकम पठाउने कार्य गैरकानुनी भएकाले आगामी दिनमा कसैले यस्तो काम गरेमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुनबमोजिम कडा कारबाही हुने जनाएको छ।

‘अनलाइनमार्फत हुने विज्ञापन रोक्ने हाम्रो उद्देश्य होइन’, नेपाल राष्ट्रबैंक विदेशी मुद्रा विनिमय विभागका प्रमुख गुरुप्रसाद पौडलले भने, ‘तर गैरकानुनी रुपमा हुँदै आएको अनौपचारिक कारोबारलाई औपचारिक गर्न खोजिएको हो।’

सामाजिक सञ्जाललगायत अनलाइन पोर्टलहरुले सामाजिक सञ्जालमामार्फत विज्ञापन गर्दा बैंकमार्फत भुक्तानी गरुन् भन्ने उद्देश्यले नयाँ निर्देशन जारी गरेको उनले बताए। नेपालबाट अनलाइन विज्ञापनका लागि सामाजिक सञ्जाल सञ्चालक कम्पनीले कति रकम लैजान्छन् भन्ने यकिन तथ्यांक छैन।

‘अनलाइनमार्फत हुने विज्ञापन रोक्ने हाम्रो उद्देश्य होइन’, नेपाल राष्ट्रबैंक विदेशी मुद्रा विनिमय विभागका प्रमुख गुरुप्रसाद पौडलले भने, ‘तर गैरकानुनी रुपमा हुँदै आएको अनौपचारिक कारोबारलाई औपचारिक गर्न खोजिएको हो।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?