मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

रेणु दाहालले ‘गौरवशाली माओवादी’ भन्दा हलमा हाँसो

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट(नेकपा)को केन्द्रीय समिति बैठकमा रेणु हादालको समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानु पर्ने माग गरेको छ। १२ नम्बर समूहको टोली नेताका रुपमा शनिबार रेणु दाहालले बैठकमा धारणा प्रस्तुत गरेकी हुन् ।

उनले आफ्नो समूहमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणलीमा जानु पर्ने आवाज उठेको बताइन्। रेणुले एमसीसीबारे आफ्नो समूहमा तीन खालका मत देखिएको रिपोर्टिङ प्रस्तुत गरिन् । पहिलो एमसीसी कुनै हालतमा स्वीकार गर्न नहुने, दोस्रो समृद्धिको आधार भएकाले तत्काल स्वीकार गर्नुपर्ने र तेस्रोमा एमसीसीप्रतिको बुझाइमा एकरुपता ल्याई राष्ट्र हितविपरितका प्रावधानलाई संशोधन गरेर मात्रै प्रक्रिया अगाडि बढाउनु पर्ने धारणा उठेको रेणुले बताइन् ।
पार्टीको नाम भुलेपछि
बैठकमा बोल्न सुरु गर्दा रेणु दाहालले पार्टीको नाम भुलेर नेकपा माओवादी भन्दा हलमा हाँसो फैलियो । प्रारम्भिक संबोधनका क्रममा उनले हाम्रो गौवरशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी भनिन त्यसपछि लगतै नेपाल कम्युनिष्ट पार्टी नेकपा भन्दै सच्चाइन् । उनी झुक्एिपछि एक पटक हलमा हाँसोको फोहरा छुट्यो । पूर्व माओवादी पृष्ठभूमिकी रेणुले झुक्किएर पहिले कै पार्टीको नाम लिएकी हुन् ।

जनयुद्ध स्वीकार नगर्नु बेइमानी : मन्त्री पुन

काठमाडौं : उर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन अनन्तले जनयुद्धका नेता स्वीकारेर १० वर्षे जनयुद्ध स्वीकार नगर्नु बेइमानी भएको बताएका छन्। शनिबार सहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनको प्रथम साधारणसभालाई पेरिसडाँडामा उदघाटन गर्दै जनयुद्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी भएको बताएका हुन्। मन्त्री पुनले जनयुद्धले नेपाली समाजमा ठूलो कायापलट ल्याएको भन्दै त्यो इतिहास कसैले अस्वीकार गर्दैमा अस्वीकार्य नहुने बताए।

जनयुद्धकै कारण नेपालमा गणतन्त्रसहितका राजनीतिक परिवर्तन सम्भव भएको नबिर्सन आग्रह गरेका छन्। जनयुद्धबाट आएका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री भएर राजकीय जिम्मेवारी निर्वाह गरिसकेको चर्चा गर्दै मन्त्री पुनले जनयुद्धचाहीँ कसरी गलत भयो? पुनले प्रश्न गरे ‘जनयुद्धको बेसमा आएको गणतन्त्र सबैका लागि स्वीकार्य हुने, जनयुद्धका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री बन्दा स्वीकार्ने तर, गणतन्त्र ल्याउने जनयुद्ध र जनयुद्धका योद्धाहरु चाहिं किन अस्वीकार्य हुने?’

प्रचण्ड प्रधानमन्त्री भएकै बेला जनयुद्धका सहिदलाई सहिद घोषणा गरिएको स्मरण गर्दै मन्त्री पुनले राजपत्रमा प्रकाशित नहुँदा अन्योल कायम रहेकाले उक्त निर्णयलाई वर्तमान सरकारले राजपत्रमा प्रकाशित गरेर लखन थापादेखि जनयुद्धसम्मका सहिदलाई राष्ट्रिय सहिदको सूचीमा समावेश गर्ने काम छिट्टै गरिने प्रतिबद्धता जनाए।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?